Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ, थप १५ दिन हिरासतमा राख्न अनुमति


१५, साउन २०८०
  • 394
    SHARES
  • सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ, थप १५ दिन हिरासतमा राख्न अनुमति

    काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट झण्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए।

    दावाले हङकङबाट आएको तस्करीको सुन भारत पुर्याउन काठमाण्डौमा व्यवस्थापकको भूमिका निर्वाह गरेको आशङ्का छ । उनकै योजनामा टोखामा तस्करीको सुन गाल्ने कारखाना सञ्चालन भएको पनि खुलेको छ । यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईसहित रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई पक्राउ गरेको थियो ।

    ३ गते  तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र ४ गते चिनियाँ नागरिक झियाङ निल पक्राउ परेका थिए । ४ गते नै राजस्वले सुन तस्करीमा संलग्न रहेको आरोपमा कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो ।

    तस्करीको सुन भन्सारबाट पास गरेको आरोपमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल तथा भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

    तस्करीमा संलग्न चिनियाँ नागरिकलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पक्राउ पनि पक्राउ परेका छन् । आरोपित सबैलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend