Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सामाजिक सञ्जालबाट चर्चित बनेको ‘भाइरल शिव पहाड’ : आन्तरिक पर्यटनको नयाँ आकर्षण


११, जेठ २०८३
  • 127
    SHARES
  • सामाजिक सञ्जालबाट चर्चित बनेको ‘भाइरल शिव पहाड’ : आन्तरिक पर्यटनको नयाँ आकर्षण

    अर्घाखाँची । अर्घाखाँची र कपिलवस्तुको सिमानामा अवस्थित ‘भाइरल शिव पहाड’ पछिल्लो समय आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा उदाउँदै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामाजिक सञ्जालको प्रभावले यो स्थान छोटो समयमै देशभर चर्चित बन्न सफल भएको हो ।
    महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम यात्रा गर्ने अधिकांश यात्रुहरू अहिले यो पहाडमा केहीबेर गाडी रोकेर फोटो तथा भिडियो खिच्न छुटाउँदैनन् । मनमोहक दृश्य, शान्त वातावरण र अनौठो चट्टानी बनावटका कारण यहाँ पर्यटकको चहलपहल दिनप्रतिदिन बढिरहेको छ ।
    कपिलवस्तुको वनकसबासा र धानखोलाको बीचमा पर्ने चुरे क्षेत्रमा अवस्थित यो पहाड अर्घाखाँचीको शीतगंगा नगरपालिका–११ तथा कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको छ । केही वर्षअघिसम्म सामान्य चट्टानी पहाडका रूपमा चिनिने यो क्षेत्र अहिले दैनिक सयौँ आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
    महेन्द्र राजमार्ग निर्माणका क्रममा चट्टानी पहाड काटेर सडक विस्तार गरिएपछि बनेको यो भूआकृति सुरुमा खासै चर्चामा थिएन । तर यहाँ खिचिएका आकर्षक तस्बिर र भिडियो फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यसको परिचय व्यापक रूपमा फैलिएको हो ।
    यहाँ पुग्ने पर्यटकहरू प्राकृतिक दृश्यावलोकनसँगै सामाजिक सञ्जालका लागि आकर्षक सामग्री सिर्जना गर्न व्यस्त देखिन्छन् । चट्टानी संरचना, हरियाली वातावरण र माथिबाट देखिने मनोरम दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ ।
    यस पहाडको अर्को विशेषता यसको धार्मिक स्वरूप पनि हो । स्थानीयवासी तथा शिवराज नगरपालिकाको पहलमा यहाँ भगवान् शिवको चित्र कोर्ने, नागको मूर्ति स्थापना गर्ने तथा विभिन्न शिवलिङ्ग राख्ने कार्य गरिएको छ । धार्मिक तथा पर्यटकीय महत्वको संगम बनेपछि ‘भाइरल शिव पहाड’ अहिले यात्रु तथा पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनेको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend