Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कृषि उद्यम केन्द्रको आमन्त्रित केन्द्रिय सदस्यमा चन्द मनोनीत


१७, साउन २०८०
  • 521
    SHARES
  • कृषि उद्यम केन्द्रको आमन्त्रित केन्द्रिय सदस्यमा चन्द मनोनीत

    रोल्पा । सामुदायिक रेडियो मालश्रीका अध्यक्ष विश्वकुमार चन्द नेपाल उद्योग महासंघ,कृषि उद्यम केन्द्रको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ।रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका निवर्तनमान अध्यक्ष समेत रहनु भएका चन्दलाई श्रावण १० गते कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्यमा मनोनीत गरीएको हो।

    नेपाल उद्योग महासंघ,कृषि उद्यम केन्द्रलाई सशक्त रुपमा अगाडी बढाउने र कृषि उद्याम केन्द्रलाई कृयाशिल बनाउने कार्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास सहित नेपाल उद्योग वाणिज्य महासंघले चन्दलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको बताएको छ।चन्द रोल्पा उद्योग वाणिज्य संघमा सदस्य देखि अध्यक्ष सम्मको यात्रा निकै चाखलाग्दो रहेको छ।

    पश्चिम रोल्पाको चर्चित क्लब लाली गुराँस युवा क्लब परिवर्तन गाउँपालिका-३ इरिबाङको संस्थापक अध्यक्ष भएर २०५५ बैशाख ५ गते स्थापना गरे।

    २०६५ जेठ २१ र २२ गते पाचौँ साधारण सभा तथा चौंथो अधिवेशनबाट सदस्यमा निर्वाचित भए भने २०६८ भाद्र २६ र २७ गते आठौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भए।

    चन्द २०७१ साल चैत १६ र १७ गते एघारौं साधारणसभा तथा छैटौं अधिवेशनबाट उपाध्यक्ष बन्दै २०७५ वैशाख ३ र ४ गतेको चौधौं सधारण सभा तथा सातौं अधिवेशनबाट सर्बसहमत अध्यक्षमा निर्वाचित भए।

    चन्दले ०७८ साल सम्म रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षको भूमिका निर्वाह गरे।चन्द रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको अध्यक्ष पदमा रहेर काम गर्दा रोल्पाली ब्यापारीहरुको हितमा रहेर महत्त्वपूर्ण र सबैले सधैं सम्झन लायक काम गरेको भन्दै अहिले पनि रोल्पाली व्यापारीहरुले चन्दकोे खुलेर प्रसंसा गर्छन्।

    हक्की र निडर स्वभावका चन्द पछिल्लो समय सामाजिक र राजनितिक क्षेत्रमा रहेर सक्रिय रुपमा समाज सेवाको भूमिका निर्वाह गर्दै आउनुभएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend