Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार


१८, साउन २०८०
  • 350
    SHARES
  • ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

    पाल्पा । गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित हुनुहुन्छ । 

    बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार भएको बताउनुहुन्छ ।

    “उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन ।”

    उहाँ बिरामी भएका बखत पनि धेरै पटक स्वास्थ्य संस्थामा आउने जाने समस्याले उपचार नगरिकन बस्नुभयो । बुढ्यौली लागेको शरीर, त्यसैमाथि बिरामी परेपछि हिँडेर स्वास्थ्य संस्थामा जाने तागत नहुँदा धेरै पटक घरमै तातोपानीको भरमा बस्नुपरेको अनुभव सुुनाउनुभयो । हिजोआज गाउँमै निःशुल्क स्वास्थ्योपचार, औषधि सेवा पाउँदा दम, खोकी, रिङ्गटा लाग्नेजस्ता रोगबाट लडेर बस्नु नपरेको उहाँ बताउनुहुन्छ ।

    वर्षायामका बेला ग्रामीण सडक ठाउँ–ठाउँमा बन्द हुँदा घण्टौँ समय लगाएर हिँडेर सम्बन्धित कार्यालयमा पुगेर सेवा लिन अप्ठ्यारो परेकाले गाउँबाटै सबै सेवा पाउँदा ७० वर्षीया मनकुमारी विक खुसी हुनुहुन्छ । “हामी पढाइलेखाइ नभएका ज्येष्ठ नागरिकलाई कति बेला भत्ता बुझ्ने कागजपत्र नवीकरण गर्ने केही थाहा हुँदैन, वडा कार्यालयबाट समय भएपछि आफैँ बुझेर आएर सबै काम गरिदिनुभएको छ, भक्ता बुझ्ने समय मात्रै बैंकमा जाने गरिएको छ, स्वास्थ्य जाँच गरेर औषधि ल्याएर नियमित सेवन गर्न थालिएको छ”, उहाँले भन्नुभयो । 
           
    गाउँमा बेला–बेलामा स्वास्थ्य परीक्षण, औषधि वितरण हुने भएपछि टाउको दुखेका, ज्वरो आएको, रुघाखोकी, दम, झाडापखला, सुगर, प्रेसरजस्ता रोग नियमित परीक्षण गराउन थालेको मनकुमारीले बताउनुभयो । ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा गाउँगाउँमा दिन थालेपछि नियमित स्वास्थ्य जाँच गराउने, आफ्ना समस्या स्वास्थ्यकर्मीसमक्ष राख्ने, नियमित औषधि सेवन गर्न थालेका छन् । यस कार्यले ज्येष्ठ नागरिक आफ्नो स्वास्थ्यप्रति पहिलाभन्दा धेरै सहज हुन थालेका छन् । 

    ज्येष्ठ नागरिक शारीरिक रुपमा अशक्त हुन्छन्, ढल्कँदो उमेरमा गाउँमै पुगेर सेवा दिनु स्थानीय सरकारको दायित्व भएकाले सोहीअनुसार दुर्गम, विकट, अपायक पर्ने स्थानमा पुगेर विविध सेवा दिने गरेको रामपुर–२ का वडाध्यक्ष कृष्णबहादुर दर्जी बताउनुहुन्छ ।

    स्वास्थ्योपचार, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायतका सेवा लिन वडाकै स्वास्थ्य संस्था तथा वडा कार्यालयमा आवतजावत गर्न सहज छैन । उमेरले बुढ्यौलीमा टेकेका ज्येष्ठ नागरिकलाई वर्षायामका बेला गाउँका कच्ची सडक भत्कने, पहिरो खस्ने समस्याले यात्रा गर्न कठिन छ ।

    यस परिवेशमा कार्यालयले दुर्गम, विकट ठाउँमा गाउँघरमा नै पुगेर सेवा दिन थालेपछि ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचार, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायतका विभिन्न सेवा लिन सम्बन्धित संस्थामा घण्टौँ समय खर्चेर जानु नपरेको रामपुर २ का वडा सचिव वासुदेव ढकालले बताउनुभयो ।

    रामपुर नगरपालिकाले वडाभित्रका दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकलाई गाउँमै पुगेर सेवा दिन थालेपछि धेरै सजिलो भएको छ । सम्बन्धित वडाका कर्मचारी, जनप्रतिनिधिले समय समयमा नै वडा कार्यालय तथा नगरपालिका कार्यालयको पहुँचमा नभएका, आउनजान निकै झमेला गर्नुपर्ने, सडक सहज नभएका ठाउँमा घरदैलो सेवा दिने गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

    दुर्गम भेगमा परेका बस्ती, टोलमा बेला–बेलामा घुम्ती शिविर आयोजना गरेर ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, अपाङ्गता परिचय नयाँ दर्ता तथा नवीकरण, कृषि तथा पशु स्वास्थ्य शिविरलगायतका विभिन्न सेवा प्रवाह भइरहेको नगर प्रमुख थापाले बताउनुभयो । घुम्ती शिविरले अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता, बालबालिकालगायतका व्यक्तिलाई धेरै सहज बनाएको छ । 

    रामपुर नगरपालिकाको कार्यालय, वडा कार्यालयमा एक दिनको समय बिताएर सेवा लिन बाध्य नागरिकलाई गाउँ–गाउँमा हुने घुम्ती सेवा शिविरले धेरै राहत पुर्याएको छ । गाउँमै सेवा पाइने भएपछि समय बचत, सम्बन्धित कार्यालयमा सेवा लिन आवतजावत गर्दा यातायात खर्चलगायतका विभिन्न समस्या बेहोर्नु नपरेपछि स्थानीयले घुम्ती सेवा शिविरमार्फत धेरै लाभ लिन पाउने छन् । घुम्ती सेवा शिविरमा स्थानीयको आकर्षण बढ्दो छ । 

  • कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका

  • लुम्बिनीमा मुख्यमन्त्री फेर्ने कसरतप्रति वर्षमान पुनको असन्तुष्टि, आचार्यलाई नै निरन्तरता दिन आग्रह

    रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा संघीय

  • अर्घा-रानीगैरामा राष्ट्रिय जनमोर्चाको सांस्कृतिक जनसभा, अध्यक्ष केसीद्वारा विदेशी हस्तक्षेप र संघीयतामाथि प्रश्न

    अर्घाखाँची l राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको योजनाअनुसार बनेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend