Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सभामुख घर्तीद्वारा पूर्व सांसदहरूसँगको अनुभव आदान-प्रदान कार्यक्रम उद्घाटन


३१, जेठ २०८३
  • 62
    SHARES
  • सभामुख घर्तीद्वारा पूर्व सांसदहरूसँगको अनुभव आदान-प्रदान कार्यक्रम उद्घाटन

    बुटवल, रूपन्देही । लुम्बिनी प्रदेशमा कानून निर्माण प्रक्रिया, संसदीय कामकारबाही तथा लोकतान्त्रिक संस्थाहरूको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशको आयोजनामा पूर्व सांसद मञ्चसँग अनुभव आदान–प्रदान कार्यक्रम सुरु भएको छ।

    रूपन्देहीस्थित मेरिगोल्ड होटलमा आयोजित कार्यक्रममा विगतका संसदीय अभ्यास, कानून निर्माणका अनुभव, लोकतान्त्रिक संस्थाको सुदृढीकरण तथा ती अनुभवलाई वर्तमान संसदीय व्यवस्थासँग प्रभावकारी रूपमा जोड्ने विषयमा गहन छलफल गरिएको छ।

    कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गर्नुभएको हो। कार्यक्रममा पूर्व सांसद मञ्चका अध्यक्ष डा. कृष्णप्रसाद न्यौपानेको अध्यक्षता रहेको थियो भने मञ्चकी उपाध्यक्ष रमा पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रममा तुल्सी प्रसाद चौधरी, मेनुका खाँड केसी, पूर्वमन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, पूर्व प्रदेश सभा सदस्यहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    सहभागीहरूले अनुभवी पूर्व सांसदहरूको ज्ञान, अनुभव र नीतिगत सुझावलाई वर्तमान संसदीय अभ्याससँग समायोजन गर्दै लुम्बिनी प्रदेशको संसदीय प्रणालीलाई अझ परिपक्व, प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन यस्ता अनुभव आदान–प्रदान कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्नेमा अध्यक्ष डा. कृष्णप्रसाद न्यौपानेले जोड दिएका छन् । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend