Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा ओलीको भर्चुअल सम्बोधन- कार्यदलका कुरा नसुन्नू, आफ्ना कुरा खुलेर राख्नू


४, असार २०८३
  • 78
    SHARES
  • लुम्बिनीमा ओलीको भर्चुअल सम्बोधन- कार्यदलका कुरा नसुन्नू, आफ्ना कुरा खुलेर राख्नू

    रुपन्देही  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन सुझाव सङ्कलन कार्यदलप्रति टिप्पणी गर्दै कार्यदलकाे कुरा नसुनी आफ्ना धारणा खुलस्त रूपमा राख्न सहभागीहरूलाई आग्रह गरेका छन् ।

    संयोजक उपाध्यक्ष रामबहादुर थापा बादलसहित कार्यदलका सदस्यहरु सम्मिलित कार्यक्रममा ओलीले उनीहरुको कुरा सुन्न आवश्यक नरहेको टिप्पणी गरे ।

    कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुझाव सङ्कलन कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यदललाई पार्टीको यथार्थ अवस्था बुझ्न पठाइएको उल्लेख गरे। उनले सहभागीहरूलाई कुनै सङ्कोच नराखी आफ्ना विचार र सुझाव राख्न आग्रह गरे ।

    ‘पार्टीले उहाँहरूलाई ग्राउन्ड रियालिटी बुझेर आउन भनेर पठाएको हो, उहाँहरूका कुरा सुन्न आवश्यक छैन, खुलेर आफ्ना कुरा राख्नुहोला’, ओलीले भने ।

    कार्यक्रममा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु गर्ने उपयुक्त समय नभएको समेत बताए । उनले नेतृत्वको विकल्प खोज्ने बेमौसमी बहसले पार्टीलाई कमजोर बनाउने दाबी गर्दै पार्टी एकतामा केन्द्रित हुन नेता-कार्यकर्तालाई निर्देशन दिए ।

    ‘नेतृत्व परिवर्तनको बेमौसमी बहस सुरु गरेर पार्टी कमजोर बनाउने खेलमा कोही पनि लाग्नु हुँदैन । पार्टीलाई एकताबद्ध बनाउन सबै नेता-कार्यकर्ता लाग्नुहोस् । समय आएपछि नेतृत्वको बहस गरौँला’, उनले भने ।

    अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै बिदा हुने परम्परा रहेको उल्लेख गर्दै आफूले महाधिवेशनको निर्णयबाहेक अन्य कुनै परिस्थितिमा नेतृत्व नछाड्ने अडान दोहोर्‍याए ।

    पछिल्लो समय पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र भावी नेतृत्वबारे बहस चलिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    विशेषगरी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति पछिल्ला दिनमा ओलीले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरिरहेका बेला लुम्बिनी प्रदेशमा भएको यो कार्यक्रमलाई थप चासोका साथ हेरिएको छ ।

    लुम्बिनी प्रदेश उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको राजनीतिक हाेमग्राउण्ड हाे । उनीहरूलाई केन्द्रमा राखेर नयाँ टिम निर्माणको चर्चा चलिरहेका बेला आयोजित सुझाव सङ्कलन कार्यक्रममा ओलीले नेतृत्व बहसलाई असान्दर्भिक ठहर गर्दै पार्टी पुनर्गठनभन्दा एकतामा जोड दिएका हुन् । कार्यक्रममा कस्ता सुझाव आउलान् ? ओलीकाे नयाँ ट्याक्टिसले काम गर्ला कि नगर्ला ? यस विषयलाई चासाेका साथ हेरिएकाे छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend