रुकुम (पूर्व) । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले लागु औषध (चरेश) मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले फरार रहेका भुमे गाउँपालिका–१ बस्ने बर्ष ७० को पिपल भन्ने पिलम पुनलाई पक्राउ गरेको हो ।
मोहन राजु जोशीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लागु औषध (चरेश) मुद्दामा पुनलाई जिल्ला अदालत रुकुम (पूर्वी भाग) बाट २ बर्ष ६ महिना कैद र बिस हजार जरिवाना तोकेको थियो ।
फरार रहेका पुनलाई खोजतलाशको क्रममा पक्राउ गरी कारवाहीका लागी रुकुमकोट जिल्ला अदालत रुकुम पूर्वी भागमा उपस्थित गराएको सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले बताउनुभयो ।
निज प्रतिवादी पिपल भन्ने पिलम पुनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।