Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा २० प्रतिशत धान रोपाइँ, कपिलवस्तुमा १.५ र बाँकेमा ०.५ प्रतिशत


१५, असार २०८३
  • 99
    SHARES
  • लुम्बिनीमा २० प्रतिशत धान रोपाइँ, कपिलवस्तुमा १.५ र बाँकेमा ०.५ प्रतिशत

    बुटवल । मनसुन सक्रिय भएसँगै लुम्बिनी प्रदेशमा धान रोपाइँले गति लिन थालेको छ ।

    प्रदेशभर धान खेती हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये ६२ हजार ६७०.५७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यो कुल खेतीयोग्य क्षेत्रफलको २०.०५ प्रतिशत हो ।

    कृषि विकास निर्देशनालयका अनुसार असार १२ गतेसम्मको अवस्थामा २० प्रतिशत भए पनि शनिबार र आइतबारको रोपाइँको तथ्यांक आइसकेको छैन । निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेले दुईदिन नै पानी परिरहेकाले प्रदेशका अधिकांश जिल्लामा किसान रोपाइँमा व्यस्त रहेको बताए । 

    उनका अनुसार सबैभन्दा बढी प्रगति नवलपरासी (पश्चिम) मा देखिएको छ, जहाँ २० हजार ८८७ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये १० हजार ४४३.५ हेक्टर (५० प्रतिशत)मा धान रोपाइँ सम्पन्न भएको छ ।

    त्यसपछि रुपन्देहीमा ६३ हजार ५५० हेक्टर खेतीयोग्य क्षेत्रमध्ये २७ हजार ३२६.५ हेक्टर (४३ प्रतिशत)मा रोपाइँ सकिएको छ ।

    पहाडी जिल्ला रोल्पामा तीन हजार ७३ हेक्टरमध्य एक हजार २३० हेक्टर (४० प्रतिशत) तथा रुकुम (पूर्व)मा ३५४ हेक्टरमध्ये ८८.५ हेक्टर (२५ प्रतिशत) क्षेत्रमा धान रोपिएको छ ।

    बर्दियामा ५० हजार १५० हेक्टरमध्ये नौ हजार ६८५ हेक्टर (१९.३१ प्रतिशत), अर्घाखाँचीमा ६ हजार ७६० हेक्टरमध्ये ७५७.१२ हेक्टर (११.२ प्रतिशत), दाङमा ३६ हजार २०० हेक्टरमध्ये ५४२ हेक्टर (११ प्रतिशत) रोपाई सकिएको छ ।

    गुल्मीमा ६ हजार ५४१ हेक्टरमध्ये ४१७.०७ हेक्टर (सात  प्रतिशत), कपिलवस्तुमा ६६ हजार २६५ हेक्टरमध्ये एक हजार ५० हेक्टर (१.५ प्रतिशत) तथा बाँकेमा ३३ हजार ७८० हेक्टरमध्ये १६०.९ हेक्टर (०.५ प्रतिशत) क्षेत्रमा मात्र रोपाइँ भएको छ ।

    पर्याप्त वर्षा भएका नवलपरासी (पश्चिम) र रुपन्देहीमा रोपाइँले उल्लेखनीय गति लिएको छ । पहाडी जिल्ला रोल्पामा पनि ४० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।

    तर, तराईकै कपिलवस्तु र बाँकेमा क्रमशः १.५ र ०.५ प्रतिशत मात्र रोपाइँ भएको छ । बर्दियामा पनि करिब पाँचमध्ये एक भाग (१९.३१ प्रतिशत) क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend