Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने


३१, असार २०८३
  • 81
    SHARES
  • आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

    काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा सरकारले कुल १ सय ६६ वटा विधेयक संघीय संसदमा पेस गर्ने लक्ष्य राखेको जानकारी दिनुभएको छ । 

    प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै मन्त्री गौतमले नयाँ कानून निर्माण र मौजुदा ऐनको परिमार्जनका लागि सरकारले कार्यतालिका नै तय गरेको स्पष्ट पार्नुभयो ।

    मन्त्री गौतमकाअनुसार पेस गरिने विधेयकहरूमध्ये ९७ वटा नयाँ रहेका छन् भने ६९ वटा प्रचलित ऐनलाई संशोधन गर्न बनेका विधेयकहरू छन् । सरकारले यी विधेयकहरूलाई प्राथमिकताका आधारमा तीन समूहमा वर्गीकरण गरेको छ, जसमा पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४५ र तेस्रो प्राथमिकतामा ५७ वटा विधेयक रहेका छन् । 

    विधायन ऐन, २०८१ को दफा ३ को व्यवस्था बमोजिम मन्त्रालयले वार्षिक कार्यतालिका निर्माण गरी संघीय संसदमा बुझाइसकेको मन्त्री गौतमले सदनलाई जानकारी गराउनु भयो ।

    मन्त्रालयगत विवरण प्रश्तुत गर्दै उहाँले कानून मन्त्रालयबाट १७, पूर्वाधार विकासबाट १६, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयबाट १५–१५, स्वास्थ्यबाट १६ तथा गृह मन्त्रालयबाट ११ वटा विधेयक पेस हुने बताउनु भयो । 

    मन्त्री गौतमले आगामी आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून सुधार तथा निर्माण वर्ष’ का रूपमा घोषणा गरिएको समेत जानकारी दिनुभयो । प्रचलित कानूनको सुधार, खारेजी, संहितीकरण र एकीकरण गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउन आगामी वर्षलाई कानून सुधार वर्षको रूपमा मनाइने बताउँदै उहाँले यसका लागि उच्चस्तरीय कानून सुधार समिति गठन गर्ने तयारी भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

    विधेयक निर्माणको प्रक्रियालाई पारदर्शी र प्रविधिमैत्री बनाउन सरकारले ‘गभर्मेन्ट बिल ट्र्याकिङ सिस्टम’ सञ्चालनमा ल्याउन लागेको पनि जानकारी दिनुभयो ।

    साथै, नागरिकको सुझाव संकलनका लागि मन्त्रालयले सञ्चालन गरेको ‘नो योर ल, मेक योर ओउन ल’ पोर्टलमा हालसम्म ४०० भन्दा बढी सुझाव प्राप्त भएको र ती सुझावलाई अध्ययन गरी कानून निर्माणमा समावेश गरिने मन्त्री गौतमले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend