Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

संविधान संशाेधनबारे गगन- सरकारले बहकिएर निर्णय गर्नसक्छ, देशलाई भड्खालोमा जान दिँदैनौँ


३, साउन २०८३
  • 73
    SHARES
  • संविधान संशाेधनबारे गगन- सरकारले बहकिएर निर्णय गर्नसक्छ, देशलाई भड्खालोमा जान दिँदैनौँ

    काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले बहकिएर लोकतन्त्र, संविधान र नागरिक अधिकारमाथि असर पर्ने निर्णय गरे कांग्रेसले सदनदेखि सडकसम्म संघर्ष गर्ने बताएका छन् । पोखरा पुगेका सभापति थापाले लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने कुनै पनि कदम कांग्रेसलाई स्वीकार्य नहुने बताए।

    उनले भने, ‘सरकारलाई आफ्नो पाँच वर्षे जनादेशअनुसार शासन सञ्चालन गर्ने अधिकार भए पनि लोकतन्त्र र विधिको शासनमाथि खेलबाड गर्ने छुट छैन । सरकारले कहिलेकाहीँ उत्तेजनामा गएर, बहकिएर चाहिने-नचाहिने निर्णय गर्छ । त्यो बेला हामी पनि उत्ताउलो भएर प्रतिक्रिया दिने होइन, देशलाई सम्हाल्ने काम गर्छौँ । देशलाई कुनै अर्को भड्खालोमा जान दिनुहुन्न ।’

    संविधानको सर्वोच्चता र लोकतान्त्रिक प्रणालीको रक्षा कांग्रेसको पहिलो जिम्मेवारी रहेको उल्लेख गर्दै लोकतन्त्रमाथि कुनै खतरा आए कांग्रेसले सदन र सडक दुवैबाट प्रतिवाद गर्ने बताए ।

    उनले थपे, ‘डेमोक्रेसीको कुरा तलमाथि हुने कुरामा नेपाली कांग्रेसलाई त्यो स्वीकार्य हुँदैन । जहाँ लड्नुपर्छ, त्यहाँ लड्छौँ । विधिको शासन र नागरिक अधिकारमाथि हस्तक्षेप हुन दिँदैनौँ ।’

    संविधान, कानुन, नेतृत्व र कार्यान्वयन सबै पक्षको समीक्षा गरेर आवश्यक सुधार गर्नुपर्ने बताए। प्रदेश सरकारको संरचना पनि आवश्यकताअनुसार सानो बनाउनुपर्नेमा जोड दिए ।

    कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशमा कुनै पनि प्रकारको राजनीतिक दुर्घटना, द्वन्द्व वा अस्थिरता आउन नदिन संयमित भूमिका खेल्ने दायित्व पार्टीको रहेको बताए।

    उनले विगतमा संविधान निर्माणका क्रममा कांग्रेसले सबै पक्षलाई समेटेर मुलुकलाई संकटबाट जोगाएको जिकिर गर्दै अहिले पनि त्यही जिम्मेवारी निर्वाह गर्ने बताए।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend