Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

योजना कार्यान्वयनमा तिला गाउँपालिका अब्बल


२०, साउन २०८०
  • 123
    SHARES
  • योजना कार्यान्वयनमा तिला गाउँपालिका अब्बल

    जुम्ला । जुम्लाको तिला गाउँपालिका जिल्लाका आठवटै स्थानीय तहमध्ये योजना कार्यान्वयमा अगाडि देखिएको छ । पछिल्लो समयमा तिलाले संरचनागत विकासमा फड्को मारेको छ । गाउँपालिकाले नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

    वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बिष्टले जानकारी दिनुभयो ।

    आर्थिक वर्ष २०७९/८० को आयव्यय, योजनाको विवरण र वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टले कूल अनुमानित बजेटको रु ४३ करोड ९८ लाख ७९ हजार पाँच सय ८४ पालिकाले खर्च गरेको छ । चालु खर्चतर्फको बजेट रु ३२ करोड ७९ लाख पाँच हजारमध्ये २८ करोड ७९ लाख ६६ हजार एक सय ७१ अथवा ८७ दशलव ७२ प्रतिशत खर्च भएको छ । 

    पूँजीगत खर्चको बजेट रु २७ करोड ८१ लाख पाँच हजारमध्ये रु १५ करोड २४ लाख ४१ हजार सात सय ६३ अथवा ५६ दशमलव २८ प्रतिशत गरी जम्मा चालु र पूँजीगत गरी ७३ दशमलव ४७ प्रतिशत जम्मा खर्च भएको छ । सो बजेटबाट सङ्घीय सरकारलाई रु एक करोड ६९ लाख ७८ हजार आठ सय ६८ र प्रदेश सरकारलाई रु ६१ लाख ८० हजार दुई सय ५० खर्च हुन नसकी फिर्ता गएको छ ।

    गाउँपालिकाको गत वर्ष बाँकी रहेको रकम रु दुई करोड ४४ लाख १५ हजार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । गाउँपालिकाले आन्तरिक राजस्व स्रोत रु २४ लाख सङ्कलन गर्ने अनुमान रहेकामा रु १८ लाख ७६ हजार पाँच सय तीनमात्र राजस्व सङ्कलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टको भनाइ छ । 

    गत आव २०७९/८० मा तिलाको भौतिक प्रगति ९६ प्रतिशत भएको हो । सङ्घ प्रदेश र पालिकाको आफ्नै लगानी र विभिन्न चारवटा अनुदानका शीर्षकबाट कूल एक सय ६७ वटा योजना छनोट गरिएकामध्ये असार मसान्तसम्म एक सय ६१ वटा योजनाको निर्माण सम्पन्न भएका छन् । चारवटा योजना सम्पन्न हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिनुभयो । 

    सङ्घीय विशेष अनुदान र समपूरक अनुदानबाट गाउँपालिकाद्वारा कार्यान्वयनमा आएका गौरवका योजनामध्ये पालिकाको प्रशासकीय भवन, तलिचौरदेखि लासीसम्म तटबन्धन निर्माण, लाटिका थानदेखि लर्मी गाउँसम्म सडक निर्माण, कुडारी बजारदेखि डुङ्गीसम्म सडक स्तरोन्नति, राँसादेखि नदैगुफा सडक निर्माण, घोडेसिम खानेपानी आयोजना निर्माण, घोडा ज्युलादेखि गाडापारि सिँचाइ कुलो निर्माण, दश शय्या अस्पताल निर्माणाधीन अवस्था, मानेचौर मावि पक्की भवन निर्माण, सरस्वती मावि, सेतिबाडा मावि, ज्योति मावि, देउराली मावि र देविदेउराली आविको पक्की भवन निर्माण भएको तिला गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्रविक्रम थापाले जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरवीर सुनारले स्थानीय सरकारले जनअपेक्षानुसार काम गर्नुपर्ने बताउनुभयो । तिला गाउँपालिका निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढाले स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय सरकारले विकासमा गति लिने बताउनुभयो । 

    जनताको आवश्यकताअनुसार सेवाप्रवाहलाई सशक्तरुपमा गाउँ केन्द्रित गरिने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाको भनाइ छ । स्थानीय सरकार गठनपश्चात् भौतिक पूर्वाधार क्षेत्रका संरचनागत विकासमा तिलाले उल्लेख्य सफलता हासिल गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । 

    कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका निर्माण, शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रका बारेमा जिज्ञासा, सुझाव राखेका थिए । सहभागीले प्रश्न स्थानीय सरकारको काम कारबाहीबारे प्रश्नसमेत राखेका थिए ।

    सहभागीले सेवाप्रवाहको गुनासो तथा विकास निर्माणका कामबारे प्रश्न तथा सुझाव राखेका छन् । प्राप्त सकारात्मक सुझावलाई ग्रहण गरी विषयगत रुपमा कार्यान्वयन गरिने गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend