Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा बाख्रामा पीपीआर संक्रमण पुष्टि, प्रभावित क्षेत्र सिल


२९, साउन २०८३
  • 93
    SHARES
  • अर्घाखाँचीमा बाख्रामा पीपीआर संक्रमण पुष्टि, प्रभावित क्षेत्र सिल

    अर्घाखाँची । अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले जानकारी दिए ।

    अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ। आदेश उल्लंघन गरी बाख्रा ओसारपसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ।

    हालसम्म पीपीआरका कारण २ वटा बाख्रा मरेको र करिब १७–१९ वटा बाख्रामा संक्रमण भएको पाइएको प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाइ छ ।

    भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी बस्ती र मकैडाँडा बस्ती, वडा नं. ५ असुरकोटको दया ठाँटी/उदयठाटी बस्ती तथा वडा नं. ६ नुवाकोटको उप्रिकोट बस्तीका किसानले पालेका केही बाख्रामा पीपीआर रोग लागेको पुष्टि भएको छ।

    रोग महामारीका रूपमा फैलिन सक्ने जोखिम देखिएपछि प्रशासनले प्रभावित क्षेत्रका बाख्रा ओसारपसारमा रोक लगाउनुका साथै संक्रमित पशुलाई अलग्गै राखेर उपचार तथा व्यवस्थापन गर्न अनुरोध गरेको हो।

    रोग थप क्षेत्रमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

    प्रशासनले संक्रमित बाख्रामा रोगका लक्षण देखिनासाथ छुट्टै स्थानमा आइसोलेसन गरी उपचार गर्न भनेको छ।

    किसानले पालेका सबै बाख्रा तथा भेडामा पीपीआर रोगविरुद्धको खोप अनिवार्य रूपमा लगाउन र आवश्यक परेमा सम्बन्धित स्थानीय तह तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।

    त्यसैगरी संक्रमित बाख्राको मासु बेचबिखन नगर्न र नगराउन प्रशासनले स्पष्ट निर्देशन दिएको छ।

    रोग प्रभावित क्षेत्र आसपासका अन्य स्थान तथा पालिकामा किसानले पालेका बाख्रा र भेडामा समेत पीपीआरविरुद्धको खोप अनिवार्य रूपमा लगाई रोगबाट बच्ने व्यवस्था मिलाउन भनिएको छ।

    पीपीआरको संक्रमण रोकथामका लागि खोपलाई प्रभावकारी उपाय मानिन्छ। त्यसैले किसानलाई आफ्नो गोठमा रहेका बाख्रा को स्वास्थ्य अवस्थाप्रति नियमित निगरानी गर्न, बिरामी पशुलाई स्वस्थ पशुबाट अलग राख्न र अस्वाभाविक लक्षण देखिए तत्काल पशु स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरिएको छ।

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेखित निर्देशनविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend