Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ


४, भदौ २०८३
  • 83
    SHARES
  • बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

    हेटौंडा । बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    थापाले आज आफ्नै दल एमाले, सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६ जनालाई मन्त्री नियुक्त गरेका हुन्।

    नेकपा एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। केसी यसअघि नेपाली कांग्रेस नेतृत्वको संयुक्त सरकारमा वन तथा वातावरण मन्त्री थिए।

    थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलभित्र प्रभावकारी भूमिका खेलेका दोलखाका केसी फेरि मन्त्री बनेका हुन्। एमालेकै ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री थापाले नेकपासँग मन्त्रालय भागबण्डा मिलाउन बाँकी रहेकाले उनको जिम्मेवारी पछि तोकिने बताएका छन्।

    यसैगरी, नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। भागबण्डामा दुई वटा मन्त्रालय लिएको नेकपाबाट अर्का एक मन्त्रीलाई पछि नियुक्त गरिने भएको छ।

    यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन्।

    बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय छन्। अब कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend