Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इन्दिरा रानामगर र रामबहादुर थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन


८, भदौ २०८३
  • 68
    SHARES
  • इन्दिरा रानामगर र रामबहादुर थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

    काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

    सभामुख अर्यालले भदौ १ र भदौ ३ गतेका बैठकमा बोलिएका केही शब्दहरू संसद्को गरिमा विपरीत रहेको ठहर गर्दै सङ्घीय संसद् सचिवालयलाई ती शब्द हटाउन निर्देश गरेका हुन्।

    निर्देशनअनुसार भदौ १ गतेको बैठकमा रास्वपा सांसद इन्दिरा राना मगरले बोलेका भालु, वेश्या’ र साइबर सेना जस्ता अमर्यादित तथा अनावश्यक शब्दहरू अब संसद्को अभिलेखमा रहने छैनन्।

    त्यसैगरी, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गरेका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिइएको छ। थापाले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरूलाई सभामुख अर्यालले अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन्।

    संसद्‍मा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यानाकर्षण गराइएको छ। सभामुखको यो निर्देशनपछि सचिवालयले ती शब्दहरूलाई संसद्को आधिकारिक रेकर्डबाट मेटाउने प्रक्रिया अगाडि बढाउनेछ ।

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend