Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी


८, भदौ २०८३
  • 106
    SHARES
  • पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी

    काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानूनी र संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताउनुभएको छ ।

    संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले अदालत सामान्यतया पार्टीका आन्तरिक मामिलामा प्रवेश नगर्ने र हालैको फैसलालाई पनि पूर्णपाठ वा प्रक्रियागत सुधारको अर्थमा बुझ्नुपर्ने टिप्पणी गर्नुभएको हो । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई हार्दिकतापूर्वक स्वीकार गर्ने बताउनुभयो ।

    नेपाली काँग्रेसको आन्तरिक राजनीतिका सन्दर्भमा नेता केसीले पार्टीभित्र एकता र लचिलोपनको आवश्यकता औंल्याउनु भयो । लोकतन्त्रको संस्थापक र संवाहक शक्तिका रूपमा काँग्रेसले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एक ढिक्का हुनुपर्ने उहाँको तर्क थियो। उहाँले पार्टीभित्रको गतिरोध अन्त्यका लागि विशेष अधिवेशनमार्फत सहमतिपूर्ण वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘अदालत कुनैपनि पार्टीको आन्तरिक राजनीतिमा प्रवेश गर्छ भन्ने मलाई विश्वास छैन। अप्रत्याशित रूपमा आएको निर्णयलाई स्वीकार गरे पनि यसबाट विचलित हुनुपर्ने वा तर्सिनुपर्ने अवस्था छैन । कम तामझामका साथ साधारण ढंगले भ्रमण गर्नु सकारात्मक पक्ष हो । जुन सरलता र सादगी प्रधानमन्त्रीले बाहिर देखाउनुभएको छ, त्यही सम्मान संसदप्रति पनि देखाउनु आवश्यक छ ।

    संसदले नै उहाँलाई निर्माण र निर्देशन गर्ने भएकाले संसदप्रति उहाँ थप उत्तरदायी हुनुपर्छ ।’
    प्रधानमन्त्रीको हालैको मुस्ताङ भ्रमणबारे टिप्पणी गर्दै केसीले भ्रमणमा देखिएको सादगी र सरलताको प्रशंसा गर्नुभयो । सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले मुलुकमा बढ्दै गएको असन्तुष्टि र निराशाप्रति सरकार सचेत हुनुपर्ने बताउनु भयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend