Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समाजमा नैतिकता, आचरण र इमान्दारीताको बढी खाँचो छ : राष्ट्रपति पौडेल


८, भदौ २०८३
  • 72
    SHARES
  • समाजमा नैतिकता, आचरण र इमान्दारीताको बढी खाँचो छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाँचो भएको बताएका छन् ।

    सोमबार नेपाल जनप्रशासन संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रविधि र क्षमता अरूबाट लिएर उपयोग गर्न सकिने, तर आचरण, नैतिकता र इमान्दारीता आफ्नै अन्तस्करणको विषय भएको बताएका हुन् ।

    ‘आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिने भएपनि आधुनिक प्रशासनको आधार पनि नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने भावलाई बिर्सन हुँदैन,’ राष्ट्रपति पौडेलले भने, ‘मलाई लाग्दछ– आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाँचो छ ।’

    राष्ट्रपति पौडेलले  प्रविधिको विकास र परिवर्तनको गति आजको युगमा तीव्र भएकाले बताए । उनले भने, ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासलाई समयसँगै बदलिदिएको छ ।’ तर, प्रविधि परिवर्तन भए पनि केही मूल्य कहिल्यै पुराना नहुने उनको भनाइ छ । ‘इमानदारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता कहिल्यै पुराना हुँदैनन्,’ उनले भने ।

    राष्ट्रपति पौडेलले ुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउँदै सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन केवल आर्थिक विकासको सूचकबाट मात्र हेर्न नहुने बताए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend