Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना नहाेस्: पूर्वप्रधानमन्त्री कार्की


२३, भदौ २०८३
  • 53
    SHARES
  • नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना नहाेस्: पूर्वप्रधानमन्त्री कार्की

    काठमाडाैं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ।

    जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको हाे। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उहाँको जोड छ । नवयुवा आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयाे।

    आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उहाँले यी चोटका घाउ सायदै कहिल्यै पुरिने बताउनुभएको छ ।

    नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको एक वर्ष नबित्दै अहिले भोटेकोशी बाढीको अर्को पीडा थपेको र यो बेला धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन उहाँले सबैलाई आह्वान गर्नुभयाे ।

    गत वर्षकाे भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

    आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ । यहि भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend