Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची कांग्रेसद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, ६१ वटै वडामा असोज ३ गते अधिवेशन गर्ने निर्णय


२७, भदौ २०८३
  • 131
    SHARES
  • अर्घाखाँची कांग्रेसद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, ६१ वटै वडामा असोज ३ गते अधिवेशन गर्ने निर्णय

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्यसमितिको बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाउने अर्घाखाँचीसहित स्वदेश तथा विदेशका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

    जिल्ला सभापति केशव श्रेष्ठको सभापतित्वमा भदौ २७ गते शनिबार सम्पन्न बैठकले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार निःशुल्क गर्न, बेपत्ताहरूको खोजी कार्य तीव्र बनाउन तथा प्रभावित नागरिकका लागि तत्काल राहतसँगै पुनःस्थापना र पुनर्वासको प्रभावकारी व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

    त्यस्तै, भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि नेपाली कांग्रेस केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गर्ने जिल्ला पदाधिकारीहरूले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको छ।

    बैठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय समितिको निर्णयअनुसार अर्घाखाँची जिल्लाका ६१ वटै वडामा असोज ३ गते, ६ वटै पालिकामा असोज ७ गते र दुईवटै प्रदेशसभा क्षेत्रमा असोज १० गते अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। अधिवेशन सम्पन्न गर्न सम्बन्धित समितिहरूलाई आवश्यक सम्पूर्ण जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरिएको छ।

    यसैगरी, जिल्लामा खटिने मुख्य निर्वाचन अधिकृतसँग भदौ २८ गते बैठक बसी सम्बन्धित प्रदेशसभा क्षेत्र र पालिकासँगको परामर्शमा जिल्लाका ६१ वटै वडा, ६ वटै पालिका र दुईवटै प्रदेशसभा क्षेत्रमा निर्वाचन अधिकृत खटाउने निर्णय गरिएको छ। खटिएका निर्वाचन अधिकृतहरूलाई भदौ ३१ गते केन्द्रीय प्रतिनिधिमार्फत प्रशिक्षण दिने तयारीसमेत गरिएको छ।

    बैठकमा नेपाली कांग्रेस केन्द्रीय सदस्य कमलप्रसाद भुसाललगायत  नेता तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    जिल्ला कार्यसमितिले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै पार्टीको सांगठनिक गतिविधिलाई समेत निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने निर्णय गरेको हो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend