Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खुलामञ्चमा कांग्रेस महाधिवेशन : सवारी व्यवस्थापनका लागि ८ पार्किङस्थल तोकिए


१८, असोज २०८३
  • 100
    SHARES
  • खुलामञ्चमा कांग्रेस महाधिवेशन : सवारी व्यवस्थापनका लागि ८ पार्किङस्थल तोकिए

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, नेता तथा कार्यकर्ताको सवारी आवागमनलाई व्यवस्थित बनाउन कांग्रेसले काठमाडौंका विभिन्न ८ स्थानमा पार्किङको व्यवस्था मिलाएको छ।

    कांग्रेस महाधिवेशन आयोजक समितिअन्तर्गत यातायात व्यवस्थापन समितिका संयोजक एवं केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार प्रतिनिधि तथा सहभागीका सवारीसाधनका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ क्षेत्र, पुरानो बसपार्क, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, नेपाल प्रज्ञा–प्रतिष्ठान परिसर तथा दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थल तोकिएको छ।

    त्यसैगरी काठमाडौं उपत्यकाबाहिरबाट प्रतिनिधि बोकेर आउने ठूला बसका लागि माइतीघर मण्डलादेखि भद्रकालीसम्मको सडकको एक भाग पार्किङका रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ। यसका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग आवश्यक समन्वय गरिएको स्वाँरले बताए।

    निर्धारित पार्किङस्थलमध्ये धरहरा अन्डरग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङमा शुल्क लाग्नेछ भने अन्य स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ।

    महाधिवेशनमा ठूलो संख्यामा नेता, प्रतिनिधि तथा शुभेच्छुक सहभागी हुने भएकाले सवारी आवागमन सहज बनाउन कांग्रेसले सबैलाई तोकिएका पार्किङस्थलमै सवारीसाधन व्यवस्थापन गर्न आग्रह गरेको छ।

    कांग्रेसले आफू आएको क्षेत्रअनुसार सम्बन्धित तोकिएको पार्किङस्थलमा सवारी राखेर मात्र महाधिवेशनस्थलतर्फ जान प्रतिनिधि तथा नेता–कार्यकर्तालाई अनुरोध गरेको छ। निर्धारित स्थानमा पार्किङ व्यवस्थापन गरिएमा महाधिवेशनका क्रममा काठमाडौंको सवारी आवागमनलाई सहज बनाउन सहयोग पुग्ने कांग्रेसको भनाइ छ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend