Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस १५औँ महाधिवेशन : असोज २२ गते मतदान, तीन स्थानमा मतदान केन्द्र


१९, असोज २०८३
  • 80
    SHARES
  • कांग्रेस १५औँ महाधिवेशन : असोज २२ गते मतदान, तीन स्थानमा मतदान केन्द्र

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सोमबारदेखि निर्वाचन प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो।

    केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबीविरोध, ६ः३० देखि ७ः३० बजेसम्म दाबीविरोधमाथि जाँचबुझ गरिनेछ। अन्तिम मतदाता नामावली राति ८ः३० बजे प्रकाशन हुनेछ।

    असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन, दाबीविरोध तथा जाँचबुझको प्रक्रिया पूरा गरिनेछ।

    असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन्।

    असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदान सकिएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

    निर्वाचनका लागि काठमाडौंमा तीन वटा मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।

    खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसँगै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ।

    त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।

    यससँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। असोज २२ गते हुने मतदानले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको संरचना तय गर्नेछ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend