Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देउवा पक्षको अधिवेशन अभियान : लुम्बिनीमा कतै तामझाम, कतै वडा अधिवेशनमै सकस


२१, असोज २०८३
  • 77
    SHARES
  • देउवा पक्षको अधिवेशन अभियान : लुम्बिनीमा कतै तामझाम, कतै वडा अधिवेशनमै सकस

    बुटवल । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशन सम्पन्न गर्दै पालिका तहको अधिवेशनलाई तीव्रता दिएको छ। कतिपय जिल्लामा अधिवेशनलाई संगठनात्मक शक्ति प्रदर्शनका रूपमा अघि बढाइए पनि केही स्थानमा भने वडा तहकै समिति गठन गर्न कठिनाइ हुँदा पालिका अधिवेशन प्रभावित भएको छ।

    केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशनपछि पालिका अधिवेशन गर्ने तयारी भए पनि लुम्बिनीका सबै जिल्लामा प्रक्रिया समान गतिमा अघि बढ्न सकेको छैन। संगठन निर्माणमा समस्या देखिएका जिल्लामा वडा अधिवेशन नै ढिलो हुँदा त्यसको प्रत्यक्ष असर पालिका अधिवेशनमा परेको हो।

    नेपाली कांग्रेस देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार प्युठान र रोल्पामा वडा अधिवेशनसँगै पालिका अधिवेशनसमेत सम्पन्न भइसकेको छ। कपिलवस्तुमा १० स्थानीय तहमध्ये चारवटामा अधिवेशन सम्पन्न भइसकेको छ भने तीनवटा स्थानीय तहमा बुधबार अधिवेशन भइरहेको छ। बाँकी तीन पालिकामा पनि केही दिनभित्र अधिवेशन गर्ने तयारी गरिएको छ।

    दाङका पालिकामा भने बिहीबारदेखि अधिवेशन सुरु गर्ने तयारी भइरहेको गिरीले जानकारी दिए। उनका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्युठान र कपिलवस्तुमा देउवा पक्षले अधिवेशनलाई विशेष तामझामका साथ अघि बढाएको छ।

    प्युठानमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सरोज थापा ‘रोज’को नेतृत्वमा सबै पालिकाको अधिवेशन सम्पन्न भएको छ। कतिपय स्थानमा मोटरसाइकल र्‍यालीसहित कार्यक्रम आयोजना गरिएका छन् भने कपिलवस्तुमा पनि खुला स्थानमा ठूलो संख्यामा कार्यकर्ता सहभागी गराएर पालिका अधिवेशन सञ्चालन गरिएको छ।

    यसले देउवा पक्षले संगठन निर्माणसँगै अधिवेशनमार्फत आफ्नो राजनीतिक तथा संगठनात्मक शक्ति प्रदर्शनलाई समेत प्राथमिकता दिएको देखिन्छ।

    तर लुम्बिनीका सबै जिल्लाको अवस्था भने समान छैन। पाल्पा, गुल्मी लगायतका जिल्लाका केही स्थानमा वडा तहको समिति गठन गर्न नै कठिनाइ भइरहेको प्रदेश संयोजक गिरीले बताएका छन्। पर्याप्त कार्यकर्ता जुटाउन नसक्दा कतिपय स्थानमा वडा अधिवेशनको प्रक्रिया नै ढिलो भएको उनको भनाइ छ।

    अर्घाखाँचीमा भने वडा अधिवेशन अन्तिम चरणमा पुगेको जिल्ला संयोजक बाबुराम पौडेलले बताए। केन्द्रको सल्लाहअनुसार केही दिन म्याद थप गरी वडा अधिवेशन सम्पन्न गर्ने र त्यसपछि पालिका तथा नगर अधिवेशन अघि बढाउने तयारी रहेको उनले जानकारी दिए।

    रुपन्देहीमा भने पालिका अधिवेशन सुरु भइसकेको छ। मंगलबार बुटवल उपमहानगरपालिकामा प्रभा अर्यालको सभापतित्वमा नगर समिति गठन भएको थियो। बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिकामा घनश्याम यादवको सभापतित्वमा समिति गठन गरिएको नेपाली कांग्रेस रुपन्देहीका संयोजक गुनाखर भुर्तेलले बताए। उनका अनुसार बिहीबार सियारी र शुद्धोधन गाउँपालिकामा अधिवेशन गर्ने तयारी छ।

    देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गर्दै आन्तरिक तयारीलाई तीव्र बनाएको छ। सोहीअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला संयोजक तोकेर वडा हुँदै पालिका र जिल्ला तहसम्म संगठनात्मक गतिविधि अघि बढाइएको छ।

    लुम्बिनीमा एउटै पार्टीको एउटै पक्षले सञ्चालन गरिरहेको अधिवेशनमा कतै मोटरसाइकल र्‍याली, सभा र ठूलो उपस्थितिसहित शक्ति प्रदर्शन भइरहेको छ भने कतै आवश्यक कार्यकर्ता जुटाउनसमेत चुनौती देखिएको छ। यसले जिल्लाअनुसार कांग्रेस देउवा पक्षको संगठनात्मक अवस्था र तयारीको स्तर फरक–फरक रहेको संकेत गरेको छ।




  • कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका

  • लुम्बिनीमा मुख्यमन्त्री फेर्ने कसरतप्रति वर्षमान पुनको असन्तुष्टि, आचार्यलाई नै निरन्तरता दिन आग्रह

    रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा संघीय

  • अर्घा-रानीगैरामा राष्ट्रिय जनमोर्चाको सांस्कृतिक जनसभा, अध्यक्ष केसीद्वारा विदेशी हस्तक्षेप र संघीयतामाथि प्रश्न

    अर्घाखाँची l राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको योजनाअनुसार बनेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend