Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय : सचिवको जिम्मेवारीदेखि चिकित्सकको राजीनामासम्म


२१, असोज २०८३
  • 79
    SHARES
  • लुम्बिनी मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय : सचिवको जिम्मेवारीदेखि चिकित्सकको राजीनामासम्म

    बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायणप्रसाद पौडेललाई दिने निर्णय गरेको छ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई निमित्त प्रदेश सचिवका रूपमा कामकाज गर्ने जिम्मेवारी दिएको हो। पौडेलले आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने गरी जिम्मेवारी पाएका छन्।

    भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोला सङ्घीय मन्त्रालयको पत्रअनुसार अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रदेश सचिवको पद रिक्त भएको थियो। त्यसपछि मन्त्रालयकै वरिष्ठतम उपसचिव पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको हो।

    यसैगरी, मन्त्रिपरिषद् बैठकले गुल्मी अस्पताल, तम्घासमा कार्यरत ११औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. पदमराज अधिकारीको स्वेच्छिक राजीनामा पनि स्वीकृत गरेको छ।

    व्यक्तिगत तथा घरायसी कारणले नियमित रूपमा कार्यालयमा उपस्थित भएर जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको जनाउँदै डा. अधिकारीले २०८३ भदौ १५ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गर्न निवेदन दिएका थिए।

    प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम १३९ को उपनियम (३०) बमोजिम उनको राजीनामा स्वीकृत गरिएको प्रदेश सरकारले जनाएको छ।

    मन्त्रिपरिषद्को निर्णयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्वमा तत्कालका लागि प्रशासनिक निरन्तरता कायम गर्ने बाटो खुलेको छ भने गुल्मी अस्पतालमा वरिष्ठ चिकित्सकको पदसमेत रिक्त हुने भएको छ।

     
     

  • कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका

  • लुम्बिनीमा मुख्यमन्त्री फेर्ने कसरतप्रति वर्षमान पुनको असन्तुष्टि, आचार्यलाई नै निरन्तरता दिन आग्रह

    रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा संघीय

  • अर्घा-रानीगैरामा राष्ट्रिय जनमोर्चाको सांस्कृतिक जनसभा, अध्यक्ष केसीद्वारा विदेशी हस्तक्षेप र संघीयतामाथि प्रश्न

    अर्घाखाँची l राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको योजनाअनुसार बनेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend