Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आङ्देम्बेको दाबी : कांग्रेसको १५औँ महाधिवेशन ‘ऐतिहासिक’, नयाँ नीति र सोचको सुरुवात


२१, असोज २०८३
  • 65
    SHARES
  • आङ्देम्बेको दाबी : कांग्रेसको १५औँ महाधिवेशन ‘ऐतिहासिक’, नयाँ नीति र सोचको सुरुवात

    काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको दाबी गरेका छन्। महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै उनले यसपटक पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशामाथि गम्भीर छलफल भएकाले आफूलाई महाधिवेशन नौलो लागेको बताए।

    आङ्देम्बेका अनुसार विगतका बन्दसत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशामाथि पर्याप्त छलफल हुने गरेको आफूले नदेखेको बताए। यसपटकको छलफलले कांग्रेसको नीति र सोचमा समेत परिवर्तन ल्याउने अपेक्षा उनले व्यक्त गरे।

    उनले महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिताले कांग्रेसले मुलुकको राजनीतिक दिशानिर्देशनमा आफ्नो भूमिका प्रस्तुत गरेको दाबी गरे।

    आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको आकर्षण र भरोसा बढेको दाबीसमेत गरे। विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिए पनि अहिले १८ वर्षका युवायुवतीदेखि विभिन्न उमेर समूहका मानिस पार्टीमा जोडिएको उनको भनाइ थियो।

    देशको पछिल्लो राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै उनले बहुमतको नाममा ‘अल्गोरिदम’बाट सत्तामा आएकाहरूले मुलुकलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाए। उनले कांग्रेसको नयाँ नेतृत्वले देशको राजनीतिक अवस्थालाई सही दिशामा अघि बढाउनुपर्ने बताए।

    आङ्देम्बेले महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्नेमा जोड दिए। कांग्रेसको आगामी नेतृत्वले महाधिवेशनबाट प्राप्त राजनीतिक म्यान्डेटलाई संगठन सुदृढीकरण र मुलुक निर्माणको दिशामा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend