Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वप्रकाशको प्रस्ताव पारित : ‘गुनासो होइन, आशा र भरोसा गर्ने कांग्रेस बनाऔँ’


२१, असोज २०८३
  • 68
    SHARES
  • विश्वप्रकाशको प्रस्ताव पारित : ‘गुनासो होइन, आशा र भरोसा गर्ने कांग्रेस बनाऔँ’

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पारित गरेको छ।

    शर्माले प्रस्तुत गरेको प्रस्तावमा मुलुकको समसामयिक राजनीतिक अवस्थासँगै लोकतान्त्रिक संस्कृतिमा देखिँदै आएको क्षयलगायत विषय समेटिएका छन्। बन्दसत्रले छलफलपछि प्रस्ताव पारित गरेको हो।

    प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रका विषयलाई खुला संसारले समेत सुन्ने गरी प्रस्तुत गरिएको उल्लेख गर्दै यसलाई महाधिवेशनको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरे।

    उनले कांग्रेसले चुनावी हार वा जितलाई मात्र केन्द्रमा नराखी जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। शर्माले भने, ‘कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ। यस्तो कांग्रेस बनाउन खोजेको हो।’

    शर्माले कांग्रेसलाई जनताले गुनासो मात्र गर्ने होइन, आशा, विश्वास र भरोसा गर्न सक्ने राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने बताए। उनका अनुसार पार्टीले निराशाभन्दा आशा र भरोसा जगाउने राजनीतिक संस्कार निर्माण गर्न आवश्यक छ।

    महाधिवेशनमा कुन नेता कुन पदमा निर्वाचित हुन्छ भन्ने विषयलाई मात्र प्राथमिकता नदिन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले कांग्रेसको मूल बहस पार्टीभित्रको लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताए।

    ‘कसले के पद जित्छ, लान्छ भनेर नलाग्नुस्,’ उनले भने, ‘लोकतान्त्रिक संस्कृतिको क्षयलाई हामीले उठाउने छौँ।’

    शर्माले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यास र संस्कृतिलाई थप सुदृढ गर्दै पार्टीलाई जनताको कुरा सुन्ने, विश्वास गर्ने र भरोसा गर्न सकिने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

    उनको प्रस्ताव पारित भएसँगै कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, लोकतान्त्रिक संस्कार र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने विषयसमेत औपचारिक रूपमा अघि बढेको छ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend