Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस महाधिवेशन : मतदान फेरि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान हुने


२२, असोज २०८३
  • 57
    SHARES
  • कांग्रेस महाधिवेशन : मतदान फेरि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान हुने

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान फेरि सरेको छ। निर्वाचन समितिले बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरे पनि आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको हो।

    निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदानस्थल व्यवस्थापन, प्राविधिक तयारी तथा अन्य आवश्यक काम पूरा गर्न समय लागेकाले मतदानको समय पछाडि सारिएको हो।

    कांग्रेस महाधिवेशनको आज पाँचौँ दिन हो। यसअघि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्तालगायतका निर्वाचनसम्बन्धी प्रक्रिया पूरा भइसकेका छन्। अब महाधिवेशन प्रतिनिधिले मतदानमार्फत पार्टीको आगामी नेतृत्व चयन गर्नेछन्।

    महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न समूह तथा क्लस्टरका केन्द्रीय सदस्य पदमा उम्मेदवारी परेको छ। लामो समयदेखि नेतृत्व चयनको प्रतीक्षामा रहेका महाधिवेशन प्रतिनिधि मतदानको नयाँ समयको पर्खाइमा छन्।

    निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने तयारी गरेको छ। मतदान र मतगणनाको प्रक्रियासँगै कांग्रेसको आगामी नेतृत्वमा को–को आउने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

    यसपटक कांग्रेसले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्दैछ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले मतदानमा सहभागी भएर पार्टीको आगामी कार्यदिशा र नेतृत्व चयन गर्नेछन्।

    बारम्बार मतदानको समय सर्दा महाधिवेशन प्रतिनिधिमा भने अन्योल बढेको छ। निर्वाचन समितिले आवश्यक तयारी पूरा गरेर तोकिएको नयाँ समयमा मतदान सुरु गर्ने जनाएको छ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend