Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विमलेन्द्र निधीको आरोप– ‘गगन थापाले कांग्रेस फुटाए’


२२, असोज २०८३
  • 74
    SHARES
  • विमलेन्द्र निधीको आरोप– ‘गगन थापाले कांग्रेस फुटाए’

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सभापति गगन थापामाथि पार्टी विभाजन गरेको आरोप लगाएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधीले विशेष महाधिवेशन आयोजना गर्ने पक्षले नै कांग्रेसलाई व्यावहारिक र राजनीतिक रूपमा विभाजन गरिसकेको दाबी गरेका हुन्।

    निधीले विशेष महाधिवेशन सम्पन्न भएको समयदेखि नै कांग्रेस राजनीतिक रूपमा फुटिसकेको दाबी गरे। ‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला पार्टी फुट्यो । जसले विशेष महाधिवेशन गर्‍यो, उसैले पार्टी फुटायो,’ उनले भने।

    उनका अनुसार कांग्रेसको विभाजन अब कानुनी प्रक्रियामा मात्र सीमित छ। ‘अब कानूनी रूपमा बाँकी छ । तर व्यावहारिक र राजनीतिक रूपमा पार्टी फुटिसक्यो । पार्टी फुटाउने तिनीहरू नै हुन्, जसले विशेष महाधिवेशन गरे । यसमा हामीलाई कुनै भ्रम छैन,’ निधीले बताए।

    विशेष महाधिवेशनको सहभागितामाथि प्रश्न उठाउँदै निधीले त्यहाँ ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी नभएको दाबी गरे। यसले विशेष महाधिवेशनबाट भएका निर्णयको वैधानिकतामाथि प्रश्न उठ्ने उनको संकेत थियो।

    कांग्रेसको महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निधीले अदालतको आगामी निर्णय महत्वपूर्ण हुने बताए। उनका अनुसार सभापति शेरबहादुर देउवाले पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाइसकेकाले अन्तिम फैसला आउन केही समय लाग्न सक्छ।

    तर निधीले देउवा पक्षले आगामी मंसिर २१ गतेदेखि गर्ने भनिएको महाधिवेशन अवैध नरहेको दाबी गरे। अदालतमा विवाद विचाराधीन रहे पनि आफ्नो पक्षबाट अघि बढाइएको महाधिवेशन प्रक्रिया वैधानिक रहेको उनको जिकिर छ।

    विशेष महाधिवेशनपछि कांग्रेसभित्र दुई धारबीचको विवाद थप चर्किएको छ। एकातर्फ गगन थापा नेतृत्वको पक्षले आफ्नो महाधिवेशन र त्यसबाट भएका निर्णयलाई वैधानिक दाबी गरिरहेको छ भने अर्कोतर्फ देउवा पक्षले त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै छुट्टै महाधिवेशनको तयारी अघि बढाइरहेको छ। सर्वोच्च अदालतको अन्तिम फैसलाले कांग्रेसको नेतृत्व र आधिकारिकताको विवादलाई निर्णायक मोडमा पुर्‍याउने देखिएको छ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend