Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गगन थापाको उद्घोष : ‘कांग्रेस बदल्छौँ, नागरिकको विश्वास जित्छौँ’


२४, असोज २०८३
  • 91
    SHARES
  • गगन थापाको उद्घोष : ‘कांग्रेस बदल्छौँ, नागरिकको विश्वास जित्छौँ’

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको नेतृत्व परिवर्तनसँगै काम गर्ने शैली बदल्दै नागरिकको विश्वास पुनःस्थापित गर्ने उद्घोष गरेका छन्। १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा प्राप्त जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको स्पष्ट पारे।

    थापाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा पार्टी रूपान्तरण नहुने उल्लेख गर्दै अब व्यवहार, कार्यशैली र जिम्मेवारी निर्वाह गर्ने तरिकामै परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार कांग्रेसले नागरिकको भरोसा पुनःप्राप्त गर्न भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्छ।

    ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौँ,’ थापाले भने।

    महाधिवेशनमा भएको प्रतिस्पर्धालाई जित–हारका रूपमा मात्र लिन नहुने बताउँदै उनले अब सबै नेता तथा कार्यकर्ता एकजुट भएर नागरिकको विश्वास जित्ने अभियानमा लाग्नुपर्ने धारणा राखे। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीसहित सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीलाई थप जीवन्त बनाउने बताए।

    थापाले नागरिक र कांग्रेसबीचको विश्वास कमजोर भएको स्वीकार गर्दै त्यसलाई पुनःस्थापित गर्नु नयाँ नेतृत्वको प्रमुख चुनौती रहेको संकेत गरे। किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्न सक्ने पार्टी निर्माण गर्ने उनको प्रतिबद्धता थियो।

    ‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ।’

    नवनिर्वाचित सभापति थापाले कांग्रेसलाई गलत व्यक्तिको पक्षमा उभिने वा कसैको अनुचित भार बोक्ने पार्टीका रूपमा रहन नदिने स्पष्ट पारे। कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै उनले कसैले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए।

    ‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन। कसैको पनि भारी कांग्रेसले बोक्दैन,’ उनको भनाइ थियो।

    उनले पार्टीलाई व्यक्तिगत स्वार्थ र फाइदाभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रका मान्यताअनुसार अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए। कांग्रेसको नयाँ नेतृत्वले नागरिकको अपेक्षा सम्बोधन गर्न सके मात्रै पार्टीप्रतिको विश्वास फर्कने उनको सन्देश थियो।

    महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गरी सुझाव दिन एक साताको समय दिइएको जानकारी दिँदै थापाले प्राप्त सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट आगामी कार्ययोजना तयार गरिने बताए।

    १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीको कार्यशैली परिवर्तन गर्ने र नागरिकको विश्वास फर्काउने लक्ष्यसहित अघि बढ्ने थापाको उद्घोषले कांग्रेसको नयाँ नेतृत्वसामु अवसरसँगै चुनौती पनि रहेको देखाएको छ। अब उनको नेतृत्वले प्रतिबद्धतालाई कति प्रभावकारी रूपमा कार्यान्वयन गर्छ भन्ने विषयले कांग्रेसको आगामी राजनीतिक दिशा र नागरिकसँगको सम्बन्ध निर्धारण गर्नेछ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend