Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस महामन्त्रीमा उदय शमशेर राणा निर्वाचित


२६, असोज २०८३
  • 85
    SHARES
  • कांग्रेस महामन्त्रीमा उदय शमशेर राणा निर्वाचित

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फको महामन्त्रीमा उदय शमशेर राणा निर्वाचित भएका छन्। उनले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्रीको प्रतिस्पर्धामा सफलता हासिल गरेका हुन्।

    महामन्त्री पदका लागि प्रतिस्पर्धामा रहेका राणाले नैनसिंह महर, डा. सुनिल शर्मा, शंकर तिवारी, गुरुराज घिमिरे, अमरसिंह पुन र डा. सन्तोष उपाध्यायलाई पछि पारेका छन्।

    गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका राणा १५औँ महाधिवेशनमा एक तह माथि उक्लिँदै पार्टीको महामन्त्री बन्न सफल भएका हुन्। यसअघि २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

    कांग्रेसको युवा संगठन नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका राणा संसदीय राजनीतिमा पनि अनुभवी नेता हुन्। उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए। २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएपछि उनले अर्थराज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।

    २७ फेब्रुअरी १९७० मा ललितपुरमा जन्मिएका राणाले सेन्ट जेभियर्स स्कुल, जावलाखेलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। त्यसपछि भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुल र लरेन्स स्कुल, सनावरमा अध्ययन गरेका उनले दिल्ली विश्वविद्यालयअन्तर्गत सेन्ट स्टिफन्स कलेजबाट स्नातक तथा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।

    तरुण दलको नेतृत्व, संसदीय अनुभव र पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका राणाको महामन्त्रीमा भएको निर्वाचनलाई कांग्रेसको नयाँ नेतृत्व संरचनामा उनको राजनीतिक उकासोका रूपमा हेरिएको छ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend