Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गगन थापाले सम्हाल्दै कांग्रेसको नेतृत्व, आज शपथग्रहण


१, कात्तिक २०८३
  • 132
    SHARES
  • गगन थापाले सम्हाल्दै कांग्रेसको नेतृत्व, आज शपथग्रहण

    ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज फूलपातीको अवसरमा शपथग्रहण गर्दै औपचारिक रूपमा पार्टीको नेतृत्व सम्हाल्ने भएका छन् ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार थापाको शपथग्रहण तथा पदबहाली समारोह आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनको औपचारिक पदबहालीका लागि कार्यक्रम तय गरिएको हो ।

    समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

    कांग्रेसले केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दसैँपछि गर्ने जनाएको छ । महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।

    फूलपातीको अवसरमा हुन लागेको थापाको शपथग्रहणलाई कांग्रेसको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

  • सरकारको स्वेच्छाचारिताविरुद्ध गगन थापाले भने- ‘वक्तव्य होइन, परिणाम चाहिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता

  • कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सोमबार निर्वाचन आयोगमा अद्यावधिक हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण सोमबार (कात्तिक १६) निर्वाचन

  • रास्वपाको सचिवालय बैठक आज, समसामयिक राजनीति र सांगठनिक विषयमा छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको भावी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका विषयमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend