Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दसैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी


६, कात्तिक २०८३
  • 95
    SHARES
  • दसैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    काठमाडौँ। बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त, ज्येष्ठ नागरिक तथा मान्यजनका घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गरिरहेका छन्।

    विजयादशमीका दिन भेटघाट गर्न नभ्याएका तथा मान्यजन टाढा रहेका व्यक्तिहरूले आजदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तकहाँ पुगेर टीका र जमरा ग्रहण गर्ने परम्परा छ। यस अवधिमा परिवारका सदस्य तथा आफन्तबीच भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने र आपसी प्रेम, सद्भाव तथा आत्मीयता अभिवृद्धि गर्ने गरिन्छ।

    नेपालका केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन रहे पनि अधिकांश क्षेत्रमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा कायम छ। दसैँको टीका र जमरालाई नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गर्ने धार्मिक मान्यता रहेको छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिन सकिन्छ। यस परम्पराले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपाली समाजमा पुस्तान्तरण हुँदै आएको सांस्कृतिक एकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई निरन्तरता दिँदै आएको छ।

  • महालक्ष्मीको पूजा र जाग्रामसँगै आज बडादसैँ समापन हुँदै

    काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाउँदै समापन गरिँदै छ। धनधान्य र

  • महानवमीमा नवदुर्गाको विशेष आराधना, तलेजु भवानीदेखि देशभरका शक्तिपीठमा पूजाआजा

    काठमाडौँ । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा आज देशभरका देवी मन्दिर, शक्तिपीठ तथा घरघरमा स्थापना

  • कपिलवस्तुमा दसैँको रौनकसँगै सुरक्षा सतर्कता, १० पालिकामा ५१३ दुर्गा मूर्ति प्रदर्शन

    कपिलवस्तु। विजयादशमीको उल्लाससँगै कपिलवस्तुमा दुर्गा भगवतीका मूर्ति प्रदर्शनले दसैँको रौनक बढाएको छ। जिल्लाका १० वटै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend