Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ : कार्यकारी निर्देशक घिसिङ


२५, साउन २०८०
  • 206
    SHARES
  • प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ : कार्यकारी निर्देशक घिसिङ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । 

    बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले गत आर्थिक बर्षमा प्राधिकरणको नाफा १२ अर्व ३३ करोड रुपैया रहेको बताउनुभयो ।

    सुख्खा यामको समय बढेर विधुत उत्पादनमा कमी आउदा र आन्तरिक माग धान्न विधुत आयात गर्दा नाफा केहि प्रभावित हुन गएको उहाले बताउनुभयो । मुलुकभित्रै विद्युत् बिक्रिबाट कुल १ खर्ब आम्दानी भएको उहाले बताउनुभयो । उहाँले विधुत प्रणालीका सुधार लगाएत कामहरुलाई निरन्तरता दिएको, बजेट र खर्च नियन्त्रणका लागि एकीकृत तथा अनलाइन भुक्तानीलाई प्रभावकारी बनाएको बताउनुभयो । 

    विगत दुई वर्षमा आफ्नै श्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको घिसिङले उल्लेख गर्नुभयो । त्यस्तै उहाले सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको उहाले जानकारी दिनुभयो । उहाँले विधुत खपत बढाउन ५१ वटा चार्जिङ स्टेशन सञ्चालन भएको र १३ वटा चार्जिङ स्टेशनको निर्माण कार्यलाई अघि बढाइएको बताउनुभयो । 

    उहाँले अहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु पहिलो चूनौति रहेको र विधुत आपूर्तिको नियमिता लगाएत चूनौतिहरुको सामना गर्दै मुलुकभरका नागरिकलाई नियमित र गुणस्तरीय विधुत उपलव्ध गराउन प्रयासरत रहेको पनि बताउनुभयो । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend