Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

किन हुँदै छन् त साना उद्योगहरु विस्थापित ?


२७, साउन २०८०
  • 167
    SHARES
  • किन हुँदै छन् त साना उद्योगहरु विस्थापित ?

    बुटवल । चरम आर्थिकमन्दी, बैंकको चर्को ब्याजदर र लोडसेडिङ जस्ता कारणले रुपन्देहीका २ सय १७ वटा उद्योगहरुमा ताला लागेको छ । एकबर्षको अवधिमा २ सयमाथि उद्योगहरु बन्द हुँदा त्यहाँ कार्यरत कर्मचारीहरु बेरोजगार हुन पुगेका छन्,। स्वदेशी उद्योगबाट उत्पादित वस्तुहरु बन्द भएपछि आयातित वस्तुहरुमा महङ्गी भएको उपभोक्ताहरुको गुनासो छ । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार बन्द भएका उद्योगहरु सबै साना उद्योगहरु रहेको बताएको छ।

    घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालले गत आर्थिक वर्ष २०७९/०८० मा उत्पादनमूलक उद्योग ८४, पर्यटन उद्योग ५१ वटा, कृषि तथा वनजन्य उद्योग १९ र सेवामूलक उद्योग ६३ बन्द भएको बताउनुभयो । घरेलु कार्यालय अन्तर्गत करिब १ हजार ३० वटा साना उद्योग दर्ता भएको उल्लेख छ।

    रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलका अनुसार औद्योगिक क्षेत्रका रुपमा विपसित हुँदै गएको रुपन्देहीमा एक वर्षमै २ सयभन्दा धेरै उद्योगहरु बन्द हुँदै जाँदा आर्थिक क्षेत्रमा चरम मन्दी र लोडसेडिङ समस्याले धरासायी बनेको जनाउनुभयो।

    नागरिकहरुका अनुसार आर्थिक क्षेत्रलाई जोगाउन सरकारले अस्पष्ट नीति ल्याउन नसक्दा साना उद्योगहरु विस्थापित हुँदै गएको र ती उद्योग चलाउने जनशक्तिहरु विदेश पलायन हुन बाध्य भएको बताउँछन् । उनीहरु भन्छन्, आर्थिक मन्दी, चर्काे ब्याजदर र अनियमित लोडसेडिङ्गका कारण साना उद्योगहरु विस्थापित हुँदै गएका छन् । 

    उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले भने रुपन्देहीमा सेवामूलक उद्योग बन्द हुनुमा विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्नु, बैंकबाट ल्याएको ऋणको ब्याज र खस्किदै गएको बजारीकरणले ठूला उद्योगहरु पनि निकै अप्ठ्यारोमा पर्दै गएको बताउनुभयो।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend