बुटवल । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको अध्यक्षमा बिक्रम भुसाल निर्वाचित हुनुभएको छ। ११ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष मनिराम तिवारीले वर्ष २०२३–२४ का अध्यक्ष बिक्रम भुसाललाई पद हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रम बर्ष २०२२–०२३ का मनिराम तिवारी र वर्ष २०२३–२४ का अध्यक्ष बिक्रम भुसालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक डि आर आर रोशन कार्कीको प्रमुख आतिथ्यता लगायत रोट्रयाक्ट डिष्ट्रक र रोटरी क्लवका अध्यक्ष तथा पूर्ब अध्यक्षहरुको बिशेष अतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष मनिराम तिवारीले बर्षभरी गरेका कार्यप्रगति एवं साामजिक कामबारे जानकारी गराउँदै क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै क्लबमा उत्कृष्ट काम गर्ने सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा पदभार ग्रहण गर्दै वर्ष २०२३–२४ अध्यक्ष बिक्रम भुसालले निवर्तमान अध्यक्षले अगाडी सारेका नयाँ प्रोजेटलाई निरन्तरता दिदै यो बर्ष केहि नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।