Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बंगलादेशी नागरिकलाई वन्धक बनाई रकम असुल्ने गिरोह पक्राउ


२८, साउन २०८०
  • 175
    SHARES
  • बंगलादेशी नागरिकलाई वन्धक बनाई रकम असुल्ने गिरोह पक्राउ

    काठमाडौं । पोल्याण्ड लगायत बिभिन्न देश पठाउन भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर वन्धक
    बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सात जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा दुई नेपाली नागरिक इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली रहेकी छिन् भने ५ वंगलादेशी नागरिकमा अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहान्गीर अलाम र ताहमिना बेगम रहेका छन् ।

    उनीहरुले बंगलादेशबाट बिभिन्न प्रलोभनमा नेपाल ल्याई बन्धक बनाएर परिवारसंग रकम मागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिनुभयो । आफुहरुसंग भएको रकम असुल गरेर परिवारसंग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक वंगाली नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान गर्दा गिरोहलाई पक्राउ गर्न सफल भएको उहाले बताउनुभयो । 

    विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वंगलादेशी पीडित नागरिकहरुले आफुहरुलाई एजेण्डले पोल्याण्ड लगाएतका देश पठाउनका लागि पाँच लाख रुपैया लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफुहरुसंग खर्चका लागि भएको पैसा, मोवाइल पनि लिएको बताएका छन् । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिताका साथै संगठीत अपराध ऐन बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend