Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अरिङ्गालको टोकाइबाट एक युवकको मृत्यु


३०, साउन २०८०
  • 328
    SHARES
  • अरिङ्गालको टोकाइबाट  एक युवकको मृत्यु

    रेशम कुँवर,गुल्मी । अरिङ्गालको टोकाइबाट मुसिकोट नगरपालिका -४ कालढुङ्गा बस्ने एक युवकको ज्यान गएको छ।

    सोमबार साँझ करिब ६ बजे मुसिकोट नगरपालिका -३ मा रहेको देविस्थान सामुदायिक जंगलको सल्लाको बोटमा रहेको अरिङ्गालको गोला पोल्ने क्रममा घाइते भएका सोही नगरपालिका -४ कालढुङ्गा बस्ने २१ बर्षका शैलेस सि.ठकुरीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले दिनुभएको छ।

    अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ठकुरी सोमबार साँझ घरमा आइ कसैलाई जानकारी नदिइ सुतेको र आज बिहान आमा र दाइले घाइते अवस्थामा देखेपछि उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।

    घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीबाट थप आवश्यक अनुसन्धानका लागि प्रहरी टोलि खटाइएको प्रहरी नायब उपरीक्षक पाण्डे बताउनु भयो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend