Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राज्यको खेलाचीः बुटवल धागो कारखाना अलपत्र


३०, साउन २०८०
  • 397
    SHARES
  • राज्यको खेलाचीः बुटवल धागो कारखाना अलपत्र

    बुटवल। देशको गौरवको उद्योग उद्योग मध्ये पर्ने एक उद्योग हो बुटवल धागो कारखाना । लामो समयदेखि रुग्न अवस्थामा रहेको छ । पछिल्लो समय जीर्ण बन्दै गएको छ । भएका मेसिनहरु खिया लागेर केही नचल्ने अवस्थामा छन् भने, कुनै मेसिनलाई पुनः सञ्चालन गर्न सकिने अवस्थामा छन् । १४३ रोपनी क्षेत्रफलमा फैलिएको धागो कारखानामा ६ वटा ठुला भवनहरु रहेका छन् ।

    ०६४ सालदेखि उत्पादन बन्द गरेको उद्योगले ०६६ असोजदेखि कर्मचारीहरुलाई अनिवार्य अवकाश दिँदै बन्द गरिएको सो कारखाना सञ्चालन गर्ने सरकारको योजना अहिले मात्र नीति तथा कार्यक्रममा समेटिएको भने होइन ।

    बुटवल धागो कारखाना लगातार दुई आर्थिक वर्षको नीति तथा कार्यक्रममा सञ्चालनको लागि परे पनि चल्न सकेन । हालका वर्तमान सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले नीति तथा कार्यक्रममा राखे पनि बुटवल धागो कारखाना सञ्चालनको लागि बजेटमा भने सम्बोधन हुन सकेन ।

    १६ वर्षदेखि कारखाना बन्द छ । उद्योग मन्त्रालयकी सहसचिव एवं प्रवक्ता राधिका अर्यालले मन्त्रालयले रुग्ण उद्योगहरुको सञ्चालन मोडलबारे एक समूह बनाएर अध्ययन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘बुटवल धागो कारखाना मात्रै नभएर देशभरका सबै रुग्ण उद्योगहरुको सञ्चालन मोडलबारे सरोकार मन्त्रालयहरु बीच कसरी चलाउने भन्ने विषयमा पटक९पटक छलफल भएको भए पनि तर ठोस निर्णय कुनै नभएको जानकारी दिनुभयो । 

    गतवर्ष उद्योग मन्त्रालयले निजी क्षेत्रलाई लिजमा दिन सकिने आशयको प्रतिवेदन अर्थ मन्त्रालयलाई प्रदान गरेको थियो । यति मात्रै होइन, उद्योग मन्त्रालयले गतवर्ष नै दिएको प्रतिवेदनमा निजी क्षेत्रलाई लिजमा दिने समेत छलफल चलेको थियो । उद्योग मन्त्रालयका एक अधिकारीले भन्नुभयो  । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि सो उद्योगलाइ सञ्चालन गर्ने घोषणा गरे पनि सफल भएन। 

    बुटवल औद्योगिक क्षेत्रभित्र रहेको सो कारखाना १४३ रोपनी क्षेत्रफलमा फैलिएका ६ वटा ठुला भवन छन् । भवनहरु पनि जीर्ण बन्दै गएका छन् ।  ४ देखि ५ सय जनाले रोजगारी पाएका बुटवल धागो कारखानालाई हाल ४ जना कर्मचारीले तलबभत्ता लिएर कुरिरहेका छन्  ।  तलब सुविधा र धागो कारखानाले औद्योगिक क्षेत्रलाई जग्गाको भाडा बापतको खर्च दिनुपर्ने निमित्त महाप्रवन्धक डोलराज शर्माले बताउनुभयो । 

    यस बिषयमा बुटवलका सरोकारवालाहरुले देशको गौरवको उद्योगलाई राज्य र राज्य चलाउनेहरुले राम्रै सँग चिनेपनि चलाउन चासो नदिएको भन्दै जुन उद्योगले विगतमा भारतमा समेत आफ्नो उत्पादन विस्तार गरेको ईतिहास साक्षी रहेको जनाउँदै कारखानालाई पुन सञ्चालन गर्न र त्यहाँ रहेका मेसिनहरुलाई जोगाउन पहल गर्नुपर्ने भन्दै यसको सञ्चालनका लागि सरकारले निजी क्षेत्रलाई दिएमा निरन्तर चल्ने सरोकारवालाहरुको भनाई छ । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend