Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु


३१, साउन २०८०
  • 304
    SHARES
  • छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
    मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका प्रहरीेले जनाएको छ । जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ ।
     
    मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुङ्गाले थिचेर ज्यान गएको हो । मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मङ्गलबार गाईभैँसी चराउन गएकी उनी बसेको ढुङ्गा पल्टिएर त्यसले थिच्दा ज्यान गएको हो ।
     
    इलाका प्रहरी कार्यालय निजगढको टोली  घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ चित्रेघारीमा भीरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा घाँस काट्न गएका उनी मङ्गलबार चिप्लिएर भीरबाट खसेका थिए ।
     
    गम्भीर घाइते बम्जनलाई उपचारका लागि फर्पिङस्थित मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend