बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न–४ की ३६ वर्षीय पुष्पा टण्डन साउन २७ गते बिहान रुपन्देहीको सालझण्डी स्थित फायरलाइनको जङ्गलमा मृत भेटिएपछि घटना जटिल बन्दै गएको छ । २६ गते घरबाट स्कुटर लिएर हिँडेकी टण्डनको स्कुटर बुटवलको अस्पताल लाइनमा भेटिएको थियो। घरदेखि करिब २५ किलोमिटर दुरी पश्चिम जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।
परिवार मृतक टण्डनको घटनालाई आत्महत्या गरेको स्विकार्न गर्न तयारमा छैनन्। पीडित पक्षले आत्महत्या गर्न बाध्य बनाएको भन्दै गहिरो रुपमा अनुसन्धान गर्न माग गर्दै आएका छन्। पीडतहरुले पुष्पाको मृत्यु प्रकरण ‘लेनदेन’ नै मुख्य कारणले भएको बताएका छन् ।
घर नजिकका छिमेकी लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान् रञ्जित भुसालसँग आर्थिक लेनदेन व्यवहार भएको र सोही कारणले आत्महत्या गरेको भनाई छ ।
पुष्पालाई आत्महत्या गर्न बाध्य पारिएको दाबी गर्दै उनीहरुले भुसाल दम्पत्तीविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी किटानी जाहेरी समेत दर्ता गराएको बताएका छन् । मृतकका परिवारले इलाका प्रहरी कार्यालय सालझण्डीमा लक्ष्मी र रञ्जित विरुद्ध किटानी जाहेरी दिएको र पहिलो चरणमा दुई जना र बुधवार थप दुई जनागरी चारजनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक पुष्पाको कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाएको र कल डिटेलबाट खुल्ने प्रहरीको विश्वास छ। मृतक पुष्पाले २० पानाको सुसाइड ‘नोट’ समेत लेखेको पित्र प्रहरीले फेला पारको बताईएको छ । उक्त नोटमा पुष्पा र रञ्जितसँग १७ लाख ८० हजारको व्यवहार रहेको र रकम उठाउन अररु व्यक्तिको प्रयोग गरेर धम्की दिएको भेटिएको मृतकका आफन्त विकास टण्डनले बताउनुभयो।
‘उक्त नोटमा कसले धम्की दिएको छ भन्ने समेत लेखिएको छ। हामीले किटानी दिँदा त्यो नाम दिएका छैनौ। प्रहरीले त्यो डायरी लगेर गएको छ’ आफन्त टण्डनले भन्नुभयो।