Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा सम्बन्ध बिच्छेदका २ सय ७३ मुद्दा दर्ता


३२, साउन २०८०
  • 347
    SHARES
  • अर्घाखाँचीमा सम्बन्ध बिच्छेदका २ सय ७३ मुद्दा दर्ता

    सागर महत,अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/८० मा सम्बन्ध बिच्छेदका २ सय ७३ मुद्दा दर्ता भएका छन । जसमध्ये १ सय ५९ मुद्दा फैसला भएको कार्यालयका सुचना अधिकारी टेकराज गैरेले बताउनुभयो । अब १ सय १४ मुद्दा फैसला हुन बाँकी रहेको उहाँको भनाई छ ।

    यस अघि अधिकांश महिलाहरु सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्न आउने गरेकोमा अहिले पुरुष पनि सम्बन्ध बिच्छेदको लागि आउने गरेको छन । आर्थिक वर्ष २०७९/०८० मा पुरुषले मात्र ५५ मुद्दा दर्ता गराएको उहाँले बताउनुभयो । यस्तै जिल्ला अदालतमा लक्ष्य भन्दा कम मुद्दा फैसला भएका छन ।

    आर्थिक वर्ष २०७८/७९ मा जिम्मेवारी आएका १ सय २६ थान मुद्दा र २०७९/८० मा ४ सय १ गरि कुल ५ सय २७ मुद्दा दर्ता भएकोमा ३ सय १८ थान अर्थात ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य राखिएकोमा २ सय ५१ थान अर्थात ४७।६३ प्रतिशत मात्र मुद्दा फैसला भएको सुचना अधिकारी गैरेले बताउनुभएको छ।

    पुर्व न्यायाधीश श्रीकृष्ण भट्टराईले घर विदालिए पछि असार ११ गतेदेखि राजिनामा दिएको समयमा न्यायाधीश नतोक्दा मुद्दा फर्छ्यौटमा कमी आएको जिल्ला अदालत अर्घाखाँचीले जनाएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend