Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकामा नि:शुल्क भिडिओ एक्सरे सेवा सञ्चालन


३२, साउन २०८०
  • 819
    SHARES
  • परिवर्तन गाउँपालिकामा नि:शुल्क भिडिओ एक्सरे सेवा सञ्चालन

    रोल्पा। परिवर्तन गाउँपालिकाले गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडिओ एक्सरे सेवा सञ्चालन गरेको छ। परिवर्तन गाउँपालिका भित्रका सबै वडाहरुमा लागु हुने गरि गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडिओ एक्सरे सेवा संचालन गरेको हो। बुधबार गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका बासीहरुलाई विशेष गरी गाउँपालिका भित्रका गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडिओ एक्सरे सेवा सञ्चालनमा लिएको जानकारी गराएको छ।

    आर्थिक बर्ष २०८०/८१ को नियमित मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको लागि ग्रामीण अल्ट्रासाउन कार्यक्रम,सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने गरी निस्शुल्क भिडिओ एक्सरे सेवा सञ्चालनमा ल्याइएको  परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम जि:एमद्वारा हस्ताक्षर गरिएको एक सूचनामा जनाइएको छ।

    हरेक महिनाको पहिलो आइतबार स्वास्थ्य चौकी कुरेली,महिनाको पहिलो सोमबार सामुदायिक स्वास्थ्य इकाई बागमारा,महिलाको पहिलो मंगलबार स्वास्थ्य चौकी राङकोट,महिनाको पहिलो बुधबार स्वास्थ्य चौकी पाछाबाङ,महिनाको पहिलो बिहिबार आधारभुत स्वास्थ्य सेवा केन्द्र नाफे र महिनाको पहिलो शुक्रबार स्वास्थ्य चौकी राङ्सीमा सञ्चालन हुने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। नि:शुल्क भिडिओ एक्सरे सेवा प्रदायकमा परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाका सह- संयोजक नन्दा बुढालाई जिम्मेवारी दिइएको छ।

    त्यस्तै सेवा प्रदायकको विशेष अवस्था बाहेक माथि उल्लेख गरिए अनुसार सेवा प्रवाह गरिनेछ। सम्बन्धित वडाको स्वास्थ्य संस्थामा सेवा लिन छुट भएका र गर्भ सम्बन्धि कुनै असामान्य अवस्था देखिएमा बाँकी हप्ताको प्रत्येक शुक्रबार पुतलाचौरमा यो सेवा निरन्तर दिईने छ। गर्भवतीहरुले सेवा लिनु अगावै सेवा प्रदायकको ९८५७०८५९८८ मा सम्पर्क गरी भिडिओ एक्सरे सेवा लिन परिवर्तन गाउँपालिकाले आग्रह गरेको छ।

  • कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका

  • लुम्बिनीमा मुख्यमन्त्री फेर्ने कसरतप्रति वर्षमान पुनको असन्तुष्टि, आचार्यलाई नै निरन्तरता दिन आग्रह

    रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा संघीय

  • अर्घा-रानीगैरामा राष्ट्रिय जनमोर्चाको सांस्कृतिक जनसभा, अध्यक्ष केसीद्वारा विदेशी हस्तक्षेप र संघीयतामाथि प्रश्न

    अर्घाखाँची l राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको योजनाअनुसार बनेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend