Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

८.०१ अंकले नेप्से बढ्यो


३२, साउन २०८०
  • 154
    SHARES
  • ८.०१ अंकले नेप्से बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । सोमबारदेखि लगातार ३ दिन घटेको नेप्से बिहिबार ८.०१ अंकले वृद्धि भएर २०३३.१३ को बिन्दुमा बन्द भएको छ । बिहीबार म्यचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।

    म्युचुअल फण्ड उपसूचक ०.२३ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक २.५३ प्रतिशतले वृद्धि भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.२५ प्रतिशतको सामान्य वृद्धि भएको हो । नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम घटेर डेढ अर्बमा झरेको छ । पछिल्लो केही दिन यता लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार १ अर्ब ६७ करोडमा झरेको थियो । बिहीबार कारोबार रकम अझै घटेर १ अर्ब ५४ करोड १४ लाख रुपैयाँमा सिमित भएको छ ।

    ४३ हजार ५९१ वटा कारोबारमा ४० लाख ९ हजार २६३ कित्ता धितोपत्र बिनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । बिहीबार नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १३ करोड ७१ लाखको किनबेच भएको छ । यस्तै आईएमई लाइफ इन्स्योरेन्सको शेययर ७ करोड ७९ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

    बिहिबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

    बिहीबार कारोबार भएकोमध्ये सुचिकृत कम्पनीमा लिवर्टी इनर्जीको सेयरमूल्य ९.७४ प्रतिशतले वृद्धि हुँदा अपर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ६.१७ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ५.७७ प्रतिशतले वृद्धि भएको छ । यस्तै सामुहीक लगानी योजना सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

    यता लक्ष्मी इक्वीटी फण्डको इकाइमूल्य सर्वाधिक ७.४३ प्रतिशतले गिरावट हुँदा मेच्छेयाम हाइड्रोपावरको सेयरमूल्य ४.४१ प्रतिशत र राप्ती हाइड्रोपावरको सेयरमूल्य ४.२१ प्रतिशतले गिरावट भएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend