काठमाडौं । प्रभु बैंकको बैंकिङ सेवा दुईदिन बन्द हुने भएको छ ।
बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्जन अपग्रड गर्नको लागि आज साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।
प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।