Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री प्रचण्ड


१, भदौ २०८०
  • 227
    SHARES
  • चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताउनुभएको हो । 

    उहाँले छिमेकी मित्रराष्ट्र चीनसँग चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माण मार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको जानकारी दिनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले हाल भारतमा करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु¥याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रुपमा हेरिएको जिकिर गर्नुभयो । भारतसँगको उक्त समझदारीलाई मूर्तरूप दिन अन्तरदेशीय प्रसारण संरचनाहरूको योजना र निर्माणमा दुबै देशका तर्फबाट आवश्यक कार्यहरूले गति लिन थालेको उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरु हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको पनि जिकिर गर्नुभयो । विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलासय तथा १०,८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने सोंच र लक्ष्यका साथ सरकार अघि बढिरहेको उहाँले बताउनुभयो ।

    त्यस्तै उहाले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह समेत गर्नुभयो । कार्यक्रम नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सेयर निष्काशन गर्ने तयारी गरेको भन्दै प्राथमिक सेयर निष्काशनबाट संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाको निर्माणमा लगानी बताउनुभयो ।

    प्राधिकरणको सम्पूर्ण सम्पत्तीको वास्तविक मूल्यांकन गराइएको र क्रेडिट र रेटिङ गर्ने संस्था इक्रा नेपालले समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको उहाँले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका लागि वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरणमा जोड दिएको बताउनुभयो । 

    त्यस्तै घिसिङले अहिले मुलुकभरका ९८ प्रतिशत जनतामा विधुतको पहुँच पुगेको भन्दै आगामी दुई बर्षभित्रमा सत प्रतिशत जनतामा विधुतको पहुँच पुराउने लक्ष्यका साथ अघि बढेको जानकारी दिनुभयो ।  

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend