Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हरितकण जोगाउन बृक्षारोपण


२, भदौ २०८०
  • 223
    SHARES
  • हरितकण जोगाउन बृक्षारोपण

    शिव राज खनाल,दाङ । मानव र वृक्षबीचको सम्बन्ध नङ मासु जस्तै सदियौ कालदेखि अपरिहार्य छ। वृक्ष विना सजिव वस्तुहरुको जीवन सम्भव छैन् । वनजंगलको संरक्षण र पर्वद्धनमा पछिल्लो समय चरम फडानी गर्ने क्रम बढ्दै गएपछि जलवायु परिवर्तनको असर नेपालसहित विश्वका हरेक देशमा देखा पर्न थालेको छ । जसका कारण गर्मीमा अत्यधिम तापक्रम हुने, चिसोयाममा जनजीवन प्रभावित हुनेगरी चिसो र बर्षायामको समयमा पानी नपर्ने जस्ता असरहरु देखा पर्न थालेका छन् । 

    पर्यावरणलाई जोगाउन दाङको देउखुरीमा रहेक माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी संघ लमहीले पर्यटकीय क्षेत्र कुलपानीमा बृक्षाराेपण तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न गरेकाे छ । संघले बन क्षेत्रलाई हराभरा बनाउने उद्देश्यले दाङकाे गढवा गाउँपालिका वडा न-१ मा रहेकाे कुलपानी पर्यटकिय क्षेत्रमा बृक्षारोपण गरेको हो । 

    "हरित पार्कको फोहोर ब्यबस्थापन र पार्कको साैन्दर्यतामा थप हाेस् , सार्बजनिक क्षेत्रको संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ भन्ने सन्देश दिन बृक्षाराेपण तथा डस्टबिन बितरण गरिएकाे संघका अध्यक्ष जागेश्वर बसेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो-पर्यटकिय नगरी बनाउन हामी व्यवसायिले सक्ने सम्मकाे सहयाेग गर्ने बताउँदै अध्यक्ष बसेलले देउखुरीकाे पर्यटकीय क्षेत्रमा माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ हरेक कुरामा सकारात्मक रही काम गर्दै आएकाे र आगामी दिनमा गर्ने छौं ।

    विभिन्न प्रजातिकाे रूख तथा फुलहरू गरि २५ प्रजातिका विरुवा रोपिएको संघका उपाध्यक्ष जितेन्द्र गुप्ताले जनाउनुभयो । " हामीले एउटा सन्देश पनि दिएका छौं, सबैले यसैगरी हाम्रा क्षेत्रका पर्यटकिय क्षेत्रमा टेवा पुर्याउन हातेमालो गर्ने हो भने हराभरा संगै प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्बाह हुन्छ "- गुप्ताले भन्नुभयो ।

    संघले विगतमा बृद्धाआश्रममा सहयाेग, रक्तदान कार्यक्रम, तत्काल रगत आवश्यक परेका व्यक्तिहरुका लागि रक्तदान मोबाइल टोली र विपन्न परिवारमा सहयाेग समेत गर्दै आएकाे संघका महासचिव राजेश कुमार गुप्ताले बताउनु भएको छ ।

    गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेहरुको भीड लाग्ने गरेको स्थानीयहरु बताउँछन् । पार्क १२ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक एवं सिमसार क्षेत्रका रूपमा बिस्तार हुँदै आएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend