Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

किन बन्दैछ तिलोत्तमा अपराधको "अड्डा"?


३, भदौ २०८०
  • 237
    SHARES
  • किन बन्दैछ तिलोत्तमा अपराधको "अड्डा"?

    बुटवल । कुनै एकबेला निकै चर्चामा रहेको पालिका हो तिलोत्तमा नगरपालिका । "ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा" नामले चर्चा पाएको तिलोत्तमा अन्य पालिकाहरुको अवलोकन केन्द्र बन्यो । तर पछिल्लो समय सो पालिकाको नाम सुन्ने वित्तिकै त्रासमय बनेको छ । आफ्नै घरभित्र घटेका जघन्य डरलाग्दा घटनाले तिलोत्तमालाई विक्षिप्त बनाउँदै गएको छ । 

    यस्ता छन् घटना विवरणः
    घटना न.१– २०७८ भदौ २० गते तिलोत्तमा नगरपालिका वडा न–५ मणिग्राममा सीता भण्डारीको घरमा वेलुका आफ्नै श्रीमानसँग सुतेको अवस्थामा विहान मृत फेला परिन् । आफ्नै घरमा खाना खाएर सुतेकी भण्डारी अचानक कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि घरकै सदस्यको संलग्नतामा विभत्या हत्या भएको आरोप मृतक भण्डारीका माईती पक्षले लगाए । उनिहरुले आरोप मात्रै होईन, इलाका प्रहरी कार्यालय बुटवलमा किटानी सहितको जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेपछि प्रर्दशन समेत गर्न परेको र पछि प्रहरीले जाहेरी लिएपछि पक्राउ गरी मुद्धा चलाईयो । जाहेरीमा आफ्नै श्रीमान सहित अन्य केही व्यक्तिहरुको नाम जोडिएको थियो । पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि जेल चलान ग¥यो । करिव ३ महिना नपुग्दै उनिहरु धरौटीमा छुटेको खवर आयो ।

    घटना न.२– २०७८ चैत ३० गते तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी अमृता खत्री टण्डन पनि आफ्नै घरमा मृत अवस्थामा भेटिइन् । घटना शंकास्पद भएकाले आत्महत्या नभई हत्या भएको माइती पक्षको दावी कायमै रहेपछि तनाव सिर्जना भयो । पीडित माइती पक्षले घर परिवारले नै आफ्नी छोरीको हत्या गरेको भन्दै अडान कायम राख्दै शव बुझ्न मानेनन्, अन्ततः अमृताको शव ७३ दिनपछि अर्थात् ०७९ असार १० गते उठाईयो । र उनको शवलाई तिलोत्तमाको मगरघाटमा अन्तिम संस्कार गरिएको टण्डनको दाई पुष्कर खत्रीले बताउनुभयो । 

    घटना न.३– अमृता टण्डनको मृत्यु प्रकरण पश्चात् झण्डै डेढ बर्षपछि तिलोत्तमाकै वडा न–४ ड्राईभरटोलमा शंकास्पद घटना घटेको छ । ड्राईभरटोलकी ३६ वर्षिय पुष्पा टण्डन २०८० साउन २७ गते रुपन्देहीको सालझण्डी नजिकै रहेको फायरलाइन जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परिन् । वैदेशिक रोजगारीका लागि श्रीमान कोरिया गएका टण्डन गुल्मी दरबार गाउँपालिकाको भएको र छोरा र छोरीको साथमा ड्राईभरटोलमा बस्दै आएकी थिइन् । साउन २६ गते दिउँसो घरबाट निस्किएकी पुष्पा साउन २७ गते मृत भेटिएपछि आफै आत्महत्या गरेको नभई आत्महत्या गर्न बाध्य बनाईएको हुनसक्ने आरोप पीडित पक्षको छ । पुष्पाको शव भेटिए लगत्तै परिवार तथा आफन्तले छिमेकीको मिलेमतोमा हत्या गरेर झुन्ड्याएको भन्दै विरोध प्रद्धर्शनलाई जारी राखे । 

    मृतक टण्डनकी भतिजी रन्जनाका अनुसार पुष्पाले छिमेकी रन्जित नामका व्यक्तिलाई एकवर्ष अघि १७ लाख रुपैयाँ सापटी दिएको र २ महिनायता पुष्पाले लगातार पैसा माग्दै आएको, पैसा माग्दा साउन २६ गते विवाद हुँदा छिमेकीले प्रहरीको रोहबरमा रकम लेनदेन र गाली बेइज्जतीको विषय मिलाउने मौखिक सहमति गरेको बताईएको छ ।

    सोही दिन पुष्पा एकछिन भन्दै दिउँसो १२ बजे घरबाट निस्केर गएको बुझिएको छ । कोरियामा रहेका श्रीमान् केशव कार्की घटना भएको खवरपछि घर फर्किएका छन् । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्या देखिएको प्रहरीले जनाए पनि तर पीडित पक्षले यो कुरा मान्न तयार छैनन् । 

    उक्त मृत्यु प्रकरणमा प्रहरीले हालसम्म ४ जनालाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा छिमेकी रन्जित भुसाल र उनकी पत्नी लक्ष्मी भुसाल भएको उल्लेख छ।  पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ गरिएकाहरुलाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले बताउनुभयो । 

    घटना न.४– करोडौंको जग्गा हत्याउन जीवित भाइको मृत्यु दर्ता गराएको रहस्य २०८० साउन ३२ गते बाहिरीयो । सोही पालिकामा आफ्नै सहोदर दाईले करोडौं मुल्य बरावरको जग्गा हत्याउन जीवितै रहेको भाइको झुटो विवरण पेश गरेर मृत्यु दर्ता गराएको रहस्यले निर्जल्ल बनायो। यो घटना तिलोत्तमा नगरपालिका–४ सुर्यदोय टोलको हो। इन्द्रकुमार कँडेल (दाजु) ले बेदुराम कँडेल (भाई) को २०७८ भन्दै २६ गते मृत्यु भएको भन्दै २०७८ असोज १५ गते तिलोत्तमा वडा न–४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएको फेला परेपछि अहिले उक्त बिषयले बजार तताएको छ। 

    भाई बेदुराम रोजगारीका लागि भारत गएको मौका छोपी दाजु इन्द्रवहादुरले मृत्यु दर्ता बनाएको र भारतमा रहेका भाई दुई बर्षपछि घर आउँदा दाजुले आफ्नो मृत्यु दर्ता गरेको थाहा पाएपछि यस्तो रहस्य बाहिरिएको हो। ईन्द्रकुमारले वडामा दिएको निवेदनमा भाई बेदुराम बौद्धिक अपाङ्गता र अविवाहित समेत भएको विवरण उल्लेख गरेका छन्। वडा कार्यालयमा दिएको निवेदन विवरणमा उनले २०७८ भदौ १५ गते सैनामैनामा भाईको मृत्यु भएको उल्लेख गरेको पाईएको छ। 

    निवेदनमा चार जना व्यक्तिले सनाखत गरिदिएका छन्। कँडेलको उक्त निवेदनमा पूर्णचन्द्र बस्याल, रिमा बस्याल, अजय कुमार न्यौपाने र धनीसरा न्यौपानेले सही सनाखत गरिदिए पछि तत्कालीन वडा अध्यक्ष दिवाकर ढकालको रोहबरमा वडा सचिव काशीराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता गरी प्रमाणपत्र उपलब्ध गराएका थिए।

    अहिले जीवित व्यक्तिलाई झुटो विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको घटना दुई बर्षपछि बाहिरिएसँगै दाजु ईन्द्रकुमार कंँडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो । 

    सुरक्षा /अनुसन्धानमा प्रश्न ?
    जिल्लामा श्रृखलाबद्ध रुपमा यसरी डरलाग्दा घटनाहरु घट्दै गएपनि तर घटनामा कानून बमोजिम सजाय नहुँदा सोही प्रकृतिका घटनाहरु बढ्दै गएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । समाजमा निर्मम घटना घट्दा पनि अभियुक्तलाई कडा कारबाही नहुँदा यस्ता घटनाले प्रशय पाएको दुखेसो छ ।

    स्थानीय जानकारहरु भन्छन्, अभियुक्तलाई बचाउन राजनीतिक हस्तक्षेप गरिने र सुरक्षा निकाय पनि प्रभावमा पर्ने भएकाले घटनाहरुको सतहसम्म पुगेर अनुसन्धान नहुनुले अभियुक्तले उन्मूक्ति पाउने र पीडितले न्याय नपाउने नजिर स्थापित भएकोमा खेद प्रकट गरेका छन् ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend