Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्थमन्त्री महत क्यानडा प्रस्थान


४, भदौ २०८०
  • 140
    SHARES
  • अर्थमन्त्री महत क्यानडा प्रस्थान

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७ औँ सभामा भाग लिनको लागि अर्थमन्त्री महत आइतबार राति ९.३० मा क्यानडा प्रस्थान गर्नुभएको हो ।

    अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा जानुभएको छ । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा सहभागि हुनुहुन्छ ।

    अर्थमन्त्री महतले उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै हुनुहुन्छ । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ । सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर–आवसीय नेपाली र अन्य दातृनिकायका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend