Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

घट्यो वैदेशिक व्यापार


६, भदौ २०८०
  • 953
    SHARES
  • घट्यो वैदेशिक व्यापार

    काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आ.वको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर रु एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार पुगेको छ । गत आवको पहिलो महिनामा रु. एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको आयात भएको थियो ।

    तथ्याङ्कानुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९० दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ ।

    गत आ.वको सुरुको महिनामा रु १४ अर्ब ८० करोड ९७ लाखको निर्यात भएकोमा चालु आवको समीक्षा अवधिमा रु १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको निर्यात भएको छ । विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात नौ दशमलव ४८ प्रतिशत रहेको छ । एक खर्ब १५ अर्बको व्यापार घाटा विभागका अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर रु एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार कायम भएको छ ।

    गत आ.वको पहिलो महिनामा व्यापार घाटा रु एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार थियो । आयातमा सबैभन्दा बढी डिजेल मुलुकको वैदेशिक व्यापारमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । विभागको तथ्याङ्कानुसार एक महिनामा रु सात अर्ब ३४ करोड ७१ लाख २५ हजार बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो ।

    त्यस्तै यस अवधिमा रु पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजारको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ । निर्यातमा सबैभन्दा बढी अलैँची नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट रु ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ ।

    त्यस्तै चालु आवको पहिलो महिनामा रु ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend