रोल्पा। परिवर्तन गाउँपालिका–२ राङ्सीको भल्टुङमा रहेको श्री बाल विकास आधारभूत विद्यालय आफ्नै नव निर्मित भवनमा सरेको छ। नयाँ भवन संचालनमा आएसगैँ अब नयाँ भवनबाट नै पठनपाठन सुरु गर्ने विद्यालयका प्रधानाध्यापक वीर बहादुर केसीले बताए।
केसीले भने हामीले कच्ची भवनबाट पठनपाठन गराउदै आएका थियौं अब त्यो समस्या अन्त्य भएको छ र नव निर्मित पक्की भवनबाट पठनपाठन सुरु भएको छ । विद्यालय जीर्ण भईसकेको र पठनपाठनमा समेत समस्या आएकाले नयाँ भौतिक संरचना सहित पक्की भवन निर्माण गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन केसीले जानकारी दिए।

लामो समय,जनश्रमदान,आर्थिक सहयोग मार्फत यो विद्यालयलाई यहाँसम्म ल्याउन सफल भएको अभिभावक कर्मलाल खत्रीको भनाइ छ। विद्यालयको नव निर्मित भवन ८ कोठाको रहेको छ।बाल विकास देखि कक्षा ५ सम्म पढाई हुने विद्यालय प्रशासनले जानकारी दिएको छ।विद्यालयको उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करिब ५३ लाख रुपियाँको लगानीमा निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन केसीले बताए ।
पुरानो विद्यालय देखि नयाँ भवनमा सार्नका लागि आमा समूह,बुवा,समूह,विद्यालयका शिक्षक,शिक्षाका,विद्यार्थी,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ र अभिभावकहरुले बाँजा गाँजा सहित विद्यालयका भौतिक संरचना नव निर्मित भवनमा लिएका थिए भने पुजा समेत गरेका थिए।
विद्यालयमा करिब ८५ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएको छ। विद्यालय वि.सं.२०४५ सालमा स्थापना भएको हो ।