Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ट्रमा तथा आपतकालीन केन्द्र सुधारका लागि अनुदान सहायता स्वीकार गर्ने


७, भदौ २०८०
  • 161
    SHARES
  • ट्रमा तथा आपतकालीन केन्द्र सुधारका लागि अनुदान सहायता स्वीकार गर्ने

    काठमाडौँ । सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

    भाद्र ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लािग जापान सरकारबाट प्राप्त हुने जापानी ऐन ३ अर्व २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    बैठकले कर्जा सुरक्षण चौथो संशोधन नियमहरु २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने असोज ८ देखि ९ गतेसम्म इजिप्टमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृती दिने निर्णय गरेको छ ।

    बैठकले धितोपत्र दर्ता तथा निष्काशन सातौ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै बैठकले राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति स्वीकृत गर्ने, उमेर जात र नाम सच्चाउने तेश्रो संशोधन नियमहरु स्वीकृति गर्ने निर्णय गरको प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

    पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको एजेण्डाहरु तयार भइरहेको बताउनुभयो । उहाँले सुन तस्करी लगायतका प्रकरणमा राज्यले निष्पक्ष रुपमा छानविन गरिरहेको भन्दै सुन तस्करीलाई पूर्णरुपमा रोक्नका लागि आवश्यक नीति नियमका लािग उच्चस्तरीय समिति बनाउने सहमति भएको जिकिर गर्नुभयो ।

    उहाँले कोशी प्रदेशसभाको विश्वासको मतको बिषय अदालतमा गइसकेकाले अदालतले नै आवश्यक निष्कर्ष निकाल्ने जिकिर गर्नुभयो । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend