Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कर्जा अपचलन गरिदिएको आरोप 


७, भदौ २०८०
  • 357
    SHARES
  • कर्जा अपचलन गरिदिएको आरोप 

    काठमाडौं । गन्तव्य इन्भेष्टमेन्ट इन्टरनेश्नल प्रा.लि. का अध्यक्ष बल्लभ नेपालले एनआइसीएशिया बैंक लिमिटेड खुमलटार शाखाका तत्कालीन शाखा प्रमुख अविनाश कर्णले आफूले लिएको कर्जा अपचलन गरेको आरोप लगाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले कर्णले आफूलाई प्रक्रिया पूरा भएको २४ घण्टाभित्र कर्जा उपलब्ध गराउने भनेपछि श्रीमतीको नाममा भक्तपुरको बालकोटमा रहेको तीन आना एक पैसामा बनेको डेढ तले घर धितो राखेर ९५ लाख कर्जाका लागि प्रक्रिया गरेको उनले सुनाए । 

    प्रक्रिया पूरा भएपछि कर्णले कर्जा प्रवाहमा कडाइ भयो, थप एक महिनाभन्दा बढी लाग्ने भयो भनी अल्मल्याएको उनको भनाई छ । ‘पहिले कर्जा प्रक्रिया पुरा गरेको २४ घण्टा मै मिलाइदिने भनेकोले मैले कर्जा प्रक्रिया पूरा गरेको हुँ । यदि कर्जा प्रवाह भएन भने मलाई अप्ठेरो पर्छ के गर्ने होला त ?’ भन्दा कर्णले उक्त रकम आफूले केहि दिनका लागि चलाउन पाउनुपर्ने शर्त राखेको उनको भनाई छ । कर्णको शर्त अनुसार अप्ठेरो अवस्थामा पर्दापर्दै पनि पैसा चलाउन मौखिक स्वीकृति दिएको उनले बताए । 

    पीडित नेपालकाअनुसार उनले निकाल्न मिल्ने जति रकम सोहीदिन निकालेर दिएको र बाँकी रकम निकाल्नका लागि चेकमा हस्ताक्षर र कम्पनीको छाप लगाएर कर्णलाई छोडिदिएका थिए । कर्णले आफूले नचिनेका व्यक्तिको नामबाट सबै पैसा निकालेको उनको भनाई छ । कर्णले नै फिर्ता गर्ने वचन दिएको समय पूरा नभई बीचमा नै फोन गरेर कार्यालयमा बोलाएको उनले बताए । पीडित नेपालले बताएअनुसार कार्यालयमा बोलाएर कर्णले पुरानो पनि केहीदिनमै फिर्ता गर्ने भन्दै अरु केही रकम खोज्न लगाएका थिए । त्यसपछि कर्णले महिनौ सम्म रकम फिर्ता नगरेको, मेसेज गर्दा मिटिङमा छु, पछि कल गर्छु भन्ने गरेको पीडित नेपालले बताए । 

    कर्ण त्यसपछि सकभर सम्पर्क मै आउन नचाहेको र सम्पर्कमा आएपनि ‘अहिले नै पैसा हाल्न लगाउँछु, पैसा अर्काको खातामा गएछ रिभर्स गर्नुपर्छ’ जस्ता आलटालको व्यवहार गरेको उनको भनाई छ । त्यसपछि उनलाई कार्यालयमै भेटेर ‘तपाईको कर्तुतका विरुद्ध तपाईको केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंकमा उजुरी गर्छु’ भनेको उनले बताए । त्यसपछि कर्णले ‘मेरो जागीर जाने काम नगर्नुस् । जसरी पनि तिर्छु, तपाईको विश्वासको लागि म एनआईसी एशिया बैंककै कर्मचारी खाताको कारोबार बमोजिमको रकमको चेक दिन्छु’ भनेर विभिन्न मितिका चेक दिएको उनको भनाई छ । 

    उनले दिएको ती चेकहरु नसाटिएको र बैकिङ कसुरको मुद्दा लगाउने थाहा पाएपछि कर्णले उल्टै आरोप लगाएर विभिन्न मिडियामा बोल्दै हिँडेको पीडित नेपालले बताए । नेकपा (माओवादी केन्द्र) मा आवद्ध भएर राजनीतिका सक्रिय रहेका नेपाललाई कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जोडेर विभिन्न हल्ला फैलाउँदै हिँडेको बताए । कर्णले प्रधानमन्त्री प्रचण्डको फोटो दुरुपयोग गर्दै विभिन्न आरोप लगाएको उनको भनाई छ । 

    उनले गरेको कर्तुत बाहिरिएपछि उनीभन्दा सिनियर बैंकका कर्मचारीले उक्त पैसाको बारेमा सोधखोज गर्दा कर्णले जग्गामा लगानी गरेको भन्ने जवाफ दिएको पीडित नेपालले सुनाए । त्यसपछि, बैंककै केही कर्मचारीले अहिलेको अवस्थामा ‘जग्गादिएर ऋण उहाँलाई नै सेटल गराउन भन्नुस्’ भनेपछि कर्णले आफूलाई घर लिएर गएको पीडित नेपालले सुनाए । घरमा लगेपछि उनका आफन्तसँगको कन्भरसेसनको भिडियो आफूसँग रहेको उनले बताए । उनका बाबु, श्रीमतीलगायतले जिम्मा लिने बताएको उनले बताए । त्यसपछि उनले प्रधानमन्त्रीसँगको साँठगाँठमा घर खाने कोशिस गरेको भनेर अफवाह फैलाएको उनले बताए । 

    आफूले कर्णविरुद्ध दायर गरेको बैकिङ कसुरको मुद्दा विचाराधीन रहेको उनको भनाई छ । कर्णलाई घटनापछि यही जेठ महिनामा बैकले सेवाबाट हटाएको उनले बताए । कर्णसँग आफूले वास्तविक लिनुपर्ने रकममात्रै दाबी गरेको र मुद्दा विचाराधीनअवस्थामा रहेकाले बाँकी कुरा तथ्य र प्रमाणले बोल्ने उनले बताए । आफूविरुद्ध आएका समाचारलाई लिएर भ्रममा नपर्ने उनले सबैलाई अपील गरे । 

    Ballav Nepal, Chairman, Gantabya Investment.jpg
    undefined
    Upasthiti.jpg
    undefined

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend